सडक संघर्षबाट निर्वाचनको लागि बाध्य पार्नु नपरोस् – पोखरेल

सडक संघर्षबाट निर्वाचनको लागि बाध्य पार्नु नपरोस् – पोखरेल
+
-

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता आनन्द पोखरेलले सरकारलाई यथाशक्य चाँडो स्थानीय तहको निर्वाचन गर्ने गरी तयारी गर्न आग्रह गरेका छन्। उनले निर्वाचनको मुखमा आएर नेपालमा निर्वाचन हुन्छ कि हुँदैन ? भनेर बहस र छलफल हुनु नै दुःखद भएको उल्लेख गरेका छन्।

रिपोर्टर्स क्लब नेपालले बुधबार आयोजना गरेको साक्षात्कारमा उनले संविधानले निर्दिष्ट गरेबमोजिम समयमै निर्वाचन हुनुपर्नेमा जोड दिए।

‘ऐनले प्रस्ट व्याख्या गरेको छ। स्थानीय तहको निर्वाचन सम्पन्न गरेर जेठ ६ गतेभित्र नै स्थानीय तहका नयाँ प्रतिनिधिहरुलाई सत्ता हस्तान्तरण गर्नुपर्छ’, नेता पोखरेलले भने, ‘तर सरकारले अहिले निर्वाचनको तयारी गरेको छैन। अहिले विभिन्न शंका तथा उपशंका अनि आशंका जन्मिएको छ। यो आशंका मेटाउने गरी पाँचदलीय गठबन्धनले जवाफ दिनुपर्छ। खासगरी सरकारको नेतृत्व गरेकाले शेरबहादुर देउवाले जवाफ दिनुपर्छ। म भन्न चाहन्छु तपाई किन निर्वाचनको लागि ढिलासुस्ती गर्दै हुनुहुन्छ?’

उनले प्रधानमन्त्री देउवा चुनावको विपक्षमा नरहेको पनि जिकिर गरे। ‘शेरबहादुर देउवा चुनावको विपक्षमा हुनुहुन्न। परमादेशको कारण सरकार बनेको छ’, नेता पोखरेलले थपे, ‘अरुको बैशाखी टेकेर सरकार बनेको कारणले होला उहाँलाई समस्या छ।’

निर्वाचन आयोगले चुनावको मिति तय गरिसकेकाले त्यही मितिमा चुनाव गराउन सरकारसमक्ष उनको आग्रह थियो। संघीयता कार्यान्वयनको लागि स्थानीय तहलाई बलियो बनाउनुपर्ने र समयमै निर्वाचन हुनु झनै अपरिहार्य भएकोमा पोखरेलले जोड दिए।

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले सरकार निर्वाचनको पक्षमा रहेको स्पष्ट पारे।

आफ्नो पार्टीबारे निर्वाचनलाई लिएर कुनै शंका नगर्न आग्रह गर्दै उनले भने, ‘नेपाली कांग्रेसलाई निर्वाचनको बारेमा कहिल्यै पनि शंका नगरे हुन्छ। जस्तोसुकै कठिन परिस्थितिमा कांग्रेसले निर्वाचन सम्पन्न गरेको इतिहास छ। मुलुकमा निर्वाचन हुँदैन कि भन्ने अवस्थामा फेरि कांग्रेसकै नेतृत्वमा सरकार बनाएर भए पनि निर्वाचन गराएको इतिहास छ। मुलकुमा कांग्रेसको नेतृत्वमा निर्वाचन गर्दा निष्पक्ष निर्वाचन भएको छ।’
पार्टीले पनि चुनावको लागि सुझाव दिएको भन्दै उनले प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाउँदा एमाले नआएको सुनाए।

‘निर्वाचन गर्ने कि नगर्ने भन्ने अब प्रश्न नगरौं। बहुदलीय शासन प्रणालीमा निर्वाचन पहिलो प्राथमिकता हो। निर्वाचनको हकमा हामी संविधान वा कानुनको परिधिभन्दा एक दिन पनि बाहिर नजाने भन्ने धारणा छ, प्रधानमन्त्रीको पनि यही चाहना छ’, नेता विश्वकर्माले भने।

स्थानीय तहको पदाधिकारीको पदावधि पाँच वर्षको हुने संवैधानिक व्यवस्था रहेको उल्ेलख गर्दै उनले कार्यावधि समाप्त भएको ६ महिनाभित्र निर्वाचन गराउनैपर्ने बताए। प्रधानमन्त्री निर्वाचनको लागि चिन्तित रहेको नेता विश्वकर्माले सुनाए।

उनले स्थानीय तहको एकै चरणमा अनि संघ र प्रदेशको पनि एकै चरणमा निर्वाचन गर्दा राम्रो हुने बताउँदै निर्वाचन समयमै गर्ने शर्तमा संसद खोल्न एमालेसमक्ष आग्रह गरे। सत्ता गठबन्धनमा बाहिर हल्ला फैलाइएजस्तो निर्वाचन टार्ने कुरा नभएको उनको भनाइ थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?