गण्डकीमा परीक्षणको आधाभन्दा बढीमा कोरोना संक्रमण

गण्डकीमा परीक्षणको आधाभन्दा बढीमा कोरोना संक्रमण
+
-

कास्की– गण्डकी प्रदेशमा पछिल्ला केही दिनयता कोरोना सङ्क्रमित बढेका छन्।

सङ्क्रमित बढ्दै जाने क्रममा आज पछिल्लो २४ घण्टामा थप ७०३ जनामा सङ्क्रमण पुष्टि र एक जनाको निधन भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ। लमजुङको मर्स्याङ्दी गाउँपालिका–६ का ८७ वर्षीय पुरुषको जिल्ला अस्पताल लमजुङमा मृत्यु भएको हो।

यस अवधिमा एक हजार ३०१ जनाको नमूना परीक्षण गरिएकामा ७०३ जनामा सङ्क्रमण पुष्टि भएको निर्देशनालय मातहतको प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख नवराज शर्माले जानकारी दिए।

उनका अनुसार एन्टिजेन परीक्षणबाट ३३८ र पीसीआर परीक्षणमा ३६५ जनामा सङ्क्रमण देखिएको हो।

गण्डकीमा सबैभन्दा बढी कास्कीमा थप ३६५ जनामा सङ्क्रमण पुष्टि भएको छ। यसैगरी स्याङ्जामा ८५, तनहुँ ८३, गोरखा ५८, नवलपरासी पूर्व ४६, लमजुङ ३०, म्याग्दी १९, बाग्लुङ ११, म्याग्दी पाँच र मुस्ताङमा एक जनामा सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।

गण्डकी प्रदेशमा हालसम्म ९१ हजार ३५८ जनामा सङ्क्रमण पुष्टि भएको तथा ८७ हजार १४५ जना निको भएको जनाइएको छ। गण्डकीमा हाल सक्रिय सङ्क्रमित दुई हजार ७८४ जना रहेका छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष