ब्राजिलियन फुटबलर रोबिन्हो सामूहिक बलात्कारमा सर्वोच्चबाट पनि दोषी ठहर, ९ वर्षको जेल सजाय

ब्राजिलियन फुटबलर रोबिन्हो सामूहिक बलात्कारमा सर्वोच्चबाट पनि दोषी ठहर, ९ वर्षको जेल सजाय
+
-

ब्राजिलियन फुटबलर रोबिन्होले सामूहिक बलात्कारमा दोषी ठहर गर्ने तल्लो अदालतको फैसलाविरुद्ध गरेको अन्तिम अपिलमा पराजित भएका छन् ।

उनी सन् २०१३ मा इटालीको मिलानमा एक महिलामाथि भएको सामूहिक बलात्कारमा दोषी ठहरिएका हुन् । इटालीको सर्वोच्च अदालतले बुधबार ३७ वर्षका रोबिन्होको अपिलमा फैसला गर्दै तल्लो अदालतको आदेश सदर गरेको हो । अर्थात उनलाई ९ वर्षको जेल सजाय भएको छ ।

सन् २०१७ मा रोबिन्हो र अरु पाँचजना ब्राजिलियनहरु २२ वर्षकी अल्बानियन युवतीलाई नाइटक्लबमा दुर्व्यवहार गरेको अभियोगमा दोषी ठहर भएका थिए ।

त्यसविरुद्ध गरेको पुनरावेदन अपिलमा सन् २०२० मा रोबिन्हो पराजित भएका थिए । त्यसपछि उनी सर्वोच्च पुगेका हुन् । तर सर्वोच्च अदालतले पनि सजायको आदेश सही ठहर गरेको हो ।

रोबिन्हो ब्राजिलमा रहेकाले उनले इटालीमा जेल सजाय पाउने सम्भावना भने छैन । ब्राजिलको कानूनले आफ्ना नागरिकको सुपुर्दगी बन्देज गर्छ, तर इटालीले ब्राजिलसँग रोबिन्होको जेल सजाय उनकै देशमा पूरा गर्न आग्रह भने गर्न सक्ने छ ।

ब्राजिलका लागि १०० खेल खेलेका रोबिन्होले रियल मड्रिडबाट दुईपटक ला लिगा उपाधि जितेका छन् । उनले सान्तोस, म्यानचेस्टर युनाइटेड, एसी मिलानसहितबाट खेलेका छन् ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष