
काठमाडौँ – ट्वेन्टी–ट्वेन्टी विश्वकपको ग्लोबल क्वालिफायरका लागि नेपाली टोली घोषणा भएको छ। आउँदो फेब्रुअरीमा ओमानमा ग्लोबल क्वालिफायर हुँदैछ।
नेपाल क्रिकेट संघ क्यानले बिहीबार सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय नेपाली टोली घोषणा गरेको हो। टोलीमा हालै भएको प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गरेका जितेन्द्र मुखिया, लोकेश बम, विवेक यादव र प्रदीप ऐरी परेका छन्। जितेन्द्र र प्रदीपले राष्ट्रिय टोलीमा पुनरागमन गरेका हुन्। लोकेश र विवेकले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। विवेक यसअघि गएको वर्ष कतार भ्रमणका लागि टोलीमा परेका थिए, सो भ्रमण रद्द भएको थियो।
को–को परे नेपाली टोलीमा?
सन्दीप लामिछाने (कप्तान)
कुशल भुर्तेल
आशिफ शेख
दीपेन्द्रसिंह ऐरी
ज्ञानेन्द्र मल्ल
शरद भेषावकर
आरिफ शेख
करण केसी
जितेन्द्र मुखिया
अविनाश बोहरा
शाहब आलम
कुशल मल्ल
कमलसिंह ऐरी
विवेक यादव
प्रदीप ऐरी
लोकेश बम