
दक्षिण अफ्रिकासँगको तीन एक दिवसीय क्रिकेट शृङ्खला अन्तर्गत पहिलो खेलमा भारत पराजित भएको छ ।
पर्लमा भएको पहिलो खेलमा भारत ३१ रनले पराजित भएको हो । केएल राहुलले टेस्टमा जस्तै एक दिवसीय क्रिकेटमा पनि कप्तानका रुपमा हारबाट सुरुवात गरेका छन् ।
शार्दुल ठाकुरले अन्तिममा नटआउट अर्धशतक बनाएर भारतको हारतमा रन अन्तर कम गरे । तर खेल पूर्णरुपमा दक्षिण अफ्रिकाको नियन्त्रणमा थियो ।
भारतीय टिमको हारको प्रमुख कारण मध्यक्रमको असफलता, स्पिनर तथा वेंकटेश अय्यरमाथि बढी बोझ दिनु र भुवनेश्वर कुमारले विगतको जस्तो खेल्न नसक्नु देखिएको हो ।
दक्षिण अफ्रिकाका कप्तान बावुमा र रासी वान डेर डुसेंको जोडीले शानदार प्रदर्शन गरे । भारतले २९७ रनको लक्ष्य पछ्याएकोमा मात्रै २६५ रन बनायो ।