पाँचखालमा डोने राष्ट्रिय सङ्ग्रहालय भवन निर्माण

पाँचखालमा डोने राष्ट्रिय सङ्ग्रहालय भवन निर्माण
+
-

काभ्रेपलाञ्चोक पाँचखालमा दनुवार (डोने) समुदायको राष्ट्रिय सङ्ग्रहालय भवन निर्माण गरिएको छ। ४ नम्बर वडामा निर्मित दुईतले उक्त भवन सीमान्तकृत वर्गको पहिचान बोकेको डोने समुदायको केन्द्रीय कार्यालयको रुपमा समेत रहने जनाइएको छ।

भवन निर्माणका लागि पाँचखाल नगरले रु ५५ लाख उपलब्ध गराएको थियो। भवनका लागि वडाध्यक्ष सुन्दर तामाङले जमिन उपलब्ध गराएका थिए। नगर प्रमुख महेश खरेलले डोने समुदायको हित, संस्कृति जगेर्ना तथा भाषाको संरक्षणका लागि नगरले भवन निर्माणार्थ सहयोग गरेको बताए। ‘सङ्ग्रहालय बनाउन थप सहयोग गर्नेछौँ’, उनले भने।

नगरले डाेने र तामाङ भाषा संरक्षणका लागि सोही भाषामा पाठ्यपुस्तक तयार गरी अध्यापन गराउन बजेटसमेत छुट्याइएको उपप्रमुख लक्ष्मी दनुवारले बताइन्।

उनका अनुसार मुलुकभरका डोने समुदायको पहिचान र संस्कृति जगेर्नाका लागि पाँचखाल नगरले निरन्तर सहयोग गर्नेछ। यसअघि काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरले डोने भाषामा पाठ्यपुस्तक तयार गरी डेडीथुम्का माध्यमिक विद्यालय र भीमसेन आधारभूत विद्यालयमा अध्यापन सुरु गरिसकेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?