याला एफसी ब्रोजाद्वारा पहिलो मल्पी फुटसल कपको उपाधि कब्जा

याला एफसी ब्रोजाद्वारा पहिलो मल्पी फुटसल कपको उपाधि कब्जा
+
-

काठमाडौँ – मल्पी इन्टरनेशनल कलेजले एसीआईई र साउदर्न क्रस युनिभर्सिटीको सहकार्यमा पहिलो मल्पी फुटसल कप सफलतापूर्वक सम्पन्न गरेको छ ।

मल्पी इन्टरनेशनल कलेजले कक्षा १२ का विद्यार्थी र स्नातकहरूका लागि पहिलो एमआईसी फुटसल प्रतियोगिता २०२२ को आयोजना गरेको हो। उक्त प्रतियोगितामा ५० भन्दा बढी टोलीहरूले भाग लिएको आयोजक मल्पी कलेजले जनाएको छ। कलेजको स्टुडेन्ट बडी–सेन्टर अफ स्पोट्र्स एण्ड हबीले एसीआईई (अन्तर्राष्ट्रिय शिक्षाका लागि सल्लाहकार केन्द्र) र अस्ट्रेलियाको साउदर्न क्रस युनिभर्सिटी मुख्य क्याम्पसको सहकार्यमा प्रतियोगिता आयोजना गरिएको थियो।

प्रतियोगितामा याला एफसी ब्रोजा विजेता र टीम एसीआईई उपविजेता बने।

ग्रोजा एफसीका रोशन खड्का उत्कृष्ट खेलाडी र टीम एसीआईईका पंकेश भुल उत्कृष्ट गोलकिपर घोषित भए। यसैगरी आयुष कुँवरले ८ गोल गरी सर्वाधिक गोलकर्ता भए।

प्रतियोगिताका लागि सोल्टी होटल्स लिमिटेड, युनाइटेड इन्स्योरेन्स, मुक्तिनाथ विकास बैंक, फक्सवागन, एनआईबीएल एस क्यापिटल, सिद्धार्थ बैंक, कामना सेवा विकास बैंकलगायतका कम्पनीहरुले समेत सहयोग गरेका थिए।

मेराकी हेल्थ सोलुसन्सले चिकित्सक र नर्ससहित आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?