
देश सञ्चार
माघ ७, २०७८

अ
+
अ
अ
-
एथ्लेटिको बिल्वाओसँग अतिरिक्त समयमा ३-२ ले पराजित हुँदै बार्सिलोना स्पेनिस कोपा डेल रेको प्रि–क्वार्टरफाइनलबाट बाहिरिएको छ।
बिहीबार राति भएको खेलमा पराजित भएसँगै साबिक विजेता बार्सिलोना उपाधिबाट बाहिरिएको हो।
बिल्वाओको जीतमा इकर मुनिएनले दुई तथा इनिगो मार्टिनेजले एक गोल गरे।
पराजित बार्सिलोनाका फेरान टोरेस र पेड्रीले समान एक-एक गोल गरे।

