
स्पेनिस राफायल नाडाल अस्ट्रेलियन ओपन टेनिसको चौथो चरणमा प्रवेश गरेको छ।
कीर्तिमान भंग गर्ने २१ औँ ग्राण्डसलाम उपाधिको होडमा रहेका नाडालले करेन खाचानोभलाई पराजित गरेका हुन् ।
सन् २००९ मा अस्ट्रेलियन ओपन जितेका तथा पाँचपटकका फाइनलिस्ट नाडालले २८ औँ बरियताका रुसी खेलाडी खानाचोभलाई ६–३, ६–२, ३–६ र ६–१ ले पराजित गरेका हुन् ।
छैठौँ बरियताका नाडालले फ्रान्सेली खेलाडी एड्रिएन म्यानारिनोसँग अन्तिम १६ मा प्रतिस्पर्धा गर्ने छन्।
यस्तै तेस्रो बरियताका एलेक्सान्डर स्वेरेभ र सातौँ बरियताका मातेओ बेरितिनीले पनि अन्तिम १६ मा स्थान बनाएका छन्।