आहा–रारा गोल्डकपः पुलिसलाई हराउँदै मनाङ सेमिफाइनलमा

आहा–रारा गोल्डकपः पुलिसलाई हराउँदै मनाङ सेमिफाइनलमा
+
-

काठमाडौँ– पाँच पटकको च्याम्पियन नेपाल पुलिस क्लबलाई २–० ले पराजित गर्दै कीर्तिमानी ६ पटकको च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब आहा–रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

पोखरा रंगशालामा आइतबार भएको खेलमा मनाङलाई जिताउन रुपेश केसी र विदेशी खेलाडी आफिज ओलावाले १–१ गोल गरे।

प्रतियोगितामा सिधै क्वाटरफाइनल खेलेको मनाङको लागि खेलको ६४औँ मिनेटमा रुपेश केसीले अग्रता बनाए। पुलिसका अजित भण्डारीले नियन्त्रणमा लिन नसकेको बललाई आफिजले मिलाएपछि बक्सभित्रबाट रुपेशले आकर्षक गोल गरे।

खेल सकिन दुई मिनेट बाँकी रहँदा आफिजले मनाङलाई सहज जिततर्फ बढाए। मैदानको मध्यभागबाट बल बढाउँदै आफिजले पुलिसका भोलानाथ सिलवाल र अजितलाई बिट गर्दै सहज गोल गरे।

पहिलो हाफमा दुबै टोलीले कुनै पनि त्यस्ता गोलका अवसर बनाउन सकेनन्। दोस्रो हाफमा पुलिसका जुमनु राईले पाएको अवसर सदुपयोग गर्न सकेनन् भने मनाङका आफिज ओलावाले र अशोक थापा मगरले पाएका अवसर गुमाए।

यसअघि प्रि–क्वाटरफाइनलमा पुलिसले सडन डेथमा आयोजक सहारा एकेडेमीलाई पराजित गर्दै मनाङसँगको भेट पक्का गरेको थियो। हारसँगै पुलिस प्रतियोगिताबाट बाहिरियो।

राष्ट्रिय टोलीको प्रशिक्षणमा रहेका कारण मनाङ र पुलिसका महत्वपूर्ण खेलाडीनै खेलमा सहभागी भएनन्। पुलिसका गोलरक्षक सत्रुधन चौधरीसहित तेज तामाङ र सुमन लामा प्रशिक्षणमा छन् भने मनाङका कप्तान अन्जन विष्ट, नीतिन थापा, पुजन उपरकोटी, दिनेश राजवंशी प्रशिक्षणमा रहेका छन्।

प्रतियोगिताका लागि मनाङले न्युरोड टिम एनआरटीका शिव गुरुङ र राजेश परियारलाई भित्र्याएको थियो। सोमबार संकटा क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष