
देश सञ्चार
माघ १२, २०७८

अ
+
अ
अ
-
मोरक्को अफ्रिका कप अफ नेशन्सको अन्तिम ८ मा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा मालवीलाई २–१ ले पराजित गरेर मोरक्कोले क्वाटरफाइनलमा स्थान बनाएको हो ।
मोरक्कोका लागि पहिलो हाफको इन्जुरी समयका युसेफ एन–नेसिरी र ७० औँ मिनेटमा अश्रफ हकिमीले गोल गरेका हुन् । सातौँ मिनेटमा हान्गोको गोलबाट लिएको सुरुवाति अग्रता मालवीले जोगाउन सकेन र पराजित भयो ।

