महोत्तरीमा ७० प्रतिशत मुद्दा फर्छ्योट हुन बाँकी

महोत्तरीमा ७० प्रतिशत मुद्दा फर्छ्योट हुन बाँकी
+
-

महोत्तरी – जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कात्तिक, मंसिर र पुस महिनामा एक सय ९८ वटा मुद्दा दायर भएका छन्। विभिन्न शीर्षकमा कात्तिकमा ५४ वटा, मंसिरमा ६७ र पुसमा ७७ वटा गरी एक सय ९८ वटा मुद्दा दर्ता भएको कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार एक सय ९८ मुद्दाका लागि एक सय ४९ जना अनुसन्धानका लागि पक्राउ परेका थिए। जसमध्ये २५ जनालाई पुर्पक्षका लागि थुनामा राखिएको छ भने ७३ जनालाई धरौटीमा छाडिएको छ। तीन जना नाबालक भएको कारण अभिभावकको जिम्मा लगाएको, एक जनालाई बालसुधार गृहमा लगिएको, ४७ जनालाई अनुसन्धानको क्रममा राखिएको र एक जना फैसला भएपछि फरार रहेको कार्यालयका प्रवक्ता प्रकाश विष्टले जानकारी दिए।

एक सय ९८ वटा मुद्दामध्ये अहिलेसम्म एक जनालाई  फैसलापछि एक वर्ष एक महिना जेल सजाय र एक लाख १६ हजार जरिवाना गर्ने आदेशअनुसार कारवाही भैइरहेको प्रवक्ता विष्टको भनाइ छ।

प्रहरी कार्यालयमा दर्ता भएका मुद्दामध्ये धेरैजसो लागुऔषध ओसारपसार तथा कारोबार कसुर र सार्वजनिक शान्ति सुरक्षासम्बन्धी कसुरका मुद्दा छन्। यो तीन महिनामा लागुऔषध ओसारपसार तथा कारोबारका ३० वटा मुद्दा  छन् भने २८ वटा सार्वजनिक शान्ति सुरक्षाविरुद्धको कसुरमा मुद्दा  दायर भएको प्रहरीको तथ्यांक छ।

जबरजस्ती करणी, शरीर बन्धकलगायत गम्भीर प्रकृतिका नौ वटा मुद्दासमेत दर्ता भएका छन् तर पर्याप्त प्रमाणका अभावमा कुनै पनि मुद्दा निष्कर्षमा पुग्न सकेका छैनन्।

प्रहरी कार्यालयमा मुद्दा  हाल्ने तर पीडितले न्याय नपाउने अवस्थाले महोत्तरीमा सर्वसाधारण अचेल कम मुद्दा लिएर जाने गरेको  जानकारहरू बताउँछन्।

मुद्दाको प्रकृति हेरेर प्रहरीले पर्याप्त प्रमाण बटुली पीडितलाई न्याय दिलाउन  तत्काल लागि पर्नुपर्ने भए तापनि जिल्लामा कमै मुद्दामात्र फर्छ्योट भएको प्रहरीकै तथ्यांकले देखाएको छ।

जिल्लामा दर्ता भएका एक सय ९८ वटा  मुद्दामध्ये अहिलेसम्म ९४ वटामात्र फर्छ्योट भएको छ भने एक सय चार वटा मुद्दा अझै  बाँकी छन्। कतिपय मुद्दा त दबाबका कारण प्रहरीले बाहाना बनाएर लिनै नमान्ने गरेको पनि गुनासो छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष