मोसो दल्ने विप्लव नेकपाका कार्यकर्तालाई सहायक वन अधिकृतले दिए चुनौति–समाज रुपान्तरणको औकात भए खुल्ला बहस गरौँ

मोसो दल्ने विप्लव नेकपाका कार्यकर्तालाई सहायक वन अधिकृतले दिए चुनौति–समाज रुपान्तरणको औकात भए खुल्ला बहस गरौँ
+
-

काठमाडौँ – चन्दा आतंकको विरोध गरेका कारण आफूमाथि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ता बताउनेले मोसो दलेको कैलालीका सहायक वनअधिकृत विश्वराज पण्डितले बताएका छन् ।

मोसो दलिएको आफ्नो तस्बिर कैलालीको पचमुडिया सवडिभिजन कार्यालयका सहायक वन अधिकृत पण्डितले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेर विप्लव नेकपाका कार्यकर्तालाई चुनौति दिएका हुन् ।

उनले चरित्रमा दाग नलागेसम्म अनेक रंग पोतेर केही फरक नपर्ने बताएका छन् । पण्डितले लेखेका छन्, ‘चरित्रमा दाग नलागुन्जेल सम्म अन्य अनेकौँ रङ्गहरु पोतेर केहि फरक पर्नेवाला छैन, मारिएन छु भने। समाज रुपान्तरणको लागि औकात छ भने खुल्ला बहस गर्न चुनौती दिन्छु ।’

सहायक वन अधिकृत पण्डितले लेखेका छन्, ‘ नेकपा विप्लव समूह कथित केही थान व्यक्तिहरुले दिएको यो उपहार जिल्ला कैलाली डिभिजन वन कार्यालय पहलमानपुर अन्तर्गत पचमुडिया सव डिभिजन वन कार्यालयमा कार्यरत रहदाकोअविस्मरणीय रहने छ ।’

देश र जनताका विरुद्ध गरेका आफ्ना कुनै पनि कार्य भए राज्यका ३ तहका अदालत, संवैधानिक निकायहरु र जनअदालतको कठघरामा उभिन तयार रहेको उनले उल्लेख गरेका छन् । ‘अन्यथा एउटा सचेत प्राकृतिक व्यक्तिका हैसियतले समयले सबैको हिसाब किताब गर्ने नै छ’, उनले लेखेका छन् ।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’