विश्वमा रुखका प्रजातिहरु यसअघि आँकलन गरिए भन्दा १४ प्रतिशत धेरै : अध्ययन

विश्वमा रुखका प्रजातिहरु यसअघि आँकलन गरिए भन्दा १४ प्रतिशत धेरै : अध्ययन
+
-

विश्वमा यसअघि आँकलन गरिए भन्दा वनस्पति (रुख) का प्रजाति १४ प्रतिशत धेरै रहेको एक अध्ययनमा उल्लेख गरिएको छ ।

अनुसन्धानकर्ताहरुले रुखका प्रजातिका सम्बन्धमा भएको विश्वको पहिलो वैज्ञानिक रुपमा विश्वसनीय आँकलन रहेको बताएका छन् ।

अनुसन्धानकर्ताका अनुसार विश्वमा ७३ हजार तीन सय प्रजातिका रुख छन् । यो यसअघि आँकलन गरिएको भन्दा १४ प्रतिशत बढी हो । अझै ९ हजार दुई सय प्रजातिका रुखहरु पहिचान गर्न बाँकी रहेको वैज्ञानिकहरुले उल्लेख गरेका छन् ।

दुर्लभ प्रजातीहरु अधिकांश रुपमा उष्णप्रदेशीय वनमा रहेको र ती प्रजाति तीव्र गतिमा लोप हुँदै गएको अनुसन्धानमा उल्लेख छ । यसरी दुर्लभ प्रजातिहरु लोप हुनुमा विश्वव्यापी रुपमा भइरहेको जलवायु परिवर्तन तथा वन फडानी कारक रहेको अनुसन्धानकर्ताले बताएका छन्।

विश्वभरका एक लाख भन्दा बढी वन क्षेत्रका दशौँ लाख रुखहरुको तथ्यांक विश्लेषण गरी अध्ययन प्रतिवेदन तयार पारिएको हो ।

युनिभर्सिटी अफ मिनेसोटाका प्रमुख अनुसन्धानकर्ता डा. पिटर रिचका अनुसार अनुसन्धानले विश्वभरका वन क्षेत्रको जैविक विविधतामा रहेको संकटलाई उजागर गरेको छ ।

आफूहरुको अध्ययनले वन क्षेत्रका दुर्लभ वनस्पतिको पहिचानमा सहयोग गर्ने उनले बताएका छन् ।

विश्वभरका १४० वैज्ञानिकहरु अध्ययनमा खटिएका थिए । पिएनएएसमा साे अध्ययन प्रकाशित भएको हो ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष