त्रिभुवन विमानस्थलबाट अवैध एक किलो १२५ ग्राम सुन र ५ थान आईफोनसहित ३ जना पक्राउ

त्रिभुवन विमानस्थलबाट अवैध एक किलो १२५ ग्राम सुन र ५ थान आईफोनसहित ३ जना पक्राउ
+
-

काठमाडौँ – प्रहरीले अवैध सुन र मोबाइलसहित ३ जनालाई त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा लिएको छ।

हिमालय एअरको विमानमा दुबईबाट आएका दुई र सारजहाँबाट आएका एक गरी तीनजनालाई प्रहरीले लुकाईछिपाई ल्याएको एक किलो १२५ ग्राम अवैध सुन र आईफोन १३ प्रो म्याक्स ५ थानसहित नियन्त्रणमा लिएको हो।

प्रहरीले रौतहटको गौर नपा १० सोबगाढा बस्ने ३२ वर्षीय सुनिलकुमार साह मकवानपुरको मनहरी ७ का २८ वर्षीय नवराज परियार र सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका ३ घर भएका ३९ वर्षीय दावा छिरिङ शेर्पालाई पक्राउ गरेको हो। शाह र परियार दुबईबाट तथा शेर्पा साउदी अरबको सारजहाँबाट नेपाल आएका थिए।

प्रहरीले साहको साथबाट सुनको बेरुवा औंठी र सिक्री एकएक थान तथा आईफोन १३ प्रो म्याक्स ४ थान बरामद गरेको थियो। सुन अन्दाजी ५० ग्रामको मूल्य ३ लाख ९५ हजार र ४ वटा आईफोनको ६ लाख ४० हजार मूल्य पर्ने प्रहरीले जनाएको छ।

त्यस्तै परियारको साथबाट ५० ग्राम तौलको सुनको बेरुवा औंठी एक थान र आईफोन १३ प्रो म्याक्स एक थान बरामद गरिएको छ। जसमध्ये सुनको ३ लाख ९५ हजार र आईफोनको एकलाख ६० हजार मूल्य पर्ने प्रहरीले जनाएको छ।

सिन्धुपाल्चोकका शेर्पा एक्लैले एककिलो ५५ ग्राम सुन बेलनाकार बनाएर अर्धठोस सुनको तीन थान गुद्द्वारमा लुकाईछिपाई ल्याएका थिए। उक्त सुनको मूल्य ८३ लाख ३९ हजार पर्ने प्रहरीले जनाएको छ।

विमानस्थल प्रहरीका अनुसार उनीहरु माघ १९ गते काठमाडौँ आएका थिए। उनीहरुको गतिविधि शंकास्पद देखिएकोपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिएपछि चेकजाँच गर्दा अवैध सुन र आईफोन लुकाईछिपाई भन्सार छली गरी लैजान लागेको अवस्थामा फेला पारिएको प्रहरीले बताएको छ। प्रहरीले आवश्यक अनुसन्धान एवं कारबाहीको लागि बिहीबार त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?