काठमाडौँ – देशभरको मौसम सामान्यदेखि पूर्ण बदली भइ काठमाडौँ उपत्यकासहितका धेरै स्थानमा पानी परेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण बदली तथा वर्षा भएको हो ।
काठमाडौँ उपत्यकामा यो वर्षको हिउँदमा बदली भए पनि राम्रोसँग पानी पर्न सकेको थिएन । तर बिहीबार रातिदेखि भने पानी परेको छ । माथिल्लो पहाडी क्षेत्रमा हिमपात समेत हुन थालेको छ ।

डा. विनोद पोखरेल
अहिले पानी के कारणले परेको हो? कहिलेदेखि मौसम सुधार हुन्छ? यो हिउँदको पानीका कारण के के फाइदा हुन्छ? भन्नेबारे हामीले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको जल तथा मौसमविज्ञान केन्द्रीय विभागका सह प्राध्यापक डा. विनोद पोखरेलसँग कुराकानी गरेका छौँ।