
वालिङ – शनिबार बिहान स्याङ्जामा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार शनिबार बिहान ८ः३० बजे बिरुवा गाउँपालिका–३ धोबादीमा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो।
बिहान बिरुवाबाट खालीतर्फ जाँदै गरेको ग१ज ५९३९ नम्बरको जिप धोबादीस्थित भित्री सडक खण्डमा दुर्घटना हुँदा बिरुवा–३ खालीका २६ वर्षीय बेलबहादुर थापा (चालक) र सोही ठाउँ बस्ने ३२ वर्षीय भेषबहादुर थापाको घटनास्थलमै मृत्यु भएको उनले जानकारी दिए।
जिप सडकबाट झन्डै ५ सय मिटर तल खसेको छ। घटनास्थलबाट प्रहरीले शव परीक्षणका लागि जिल्ला अस्पताल स्याङ्जा पठाएको प्रहरी प्रवक्ता अधिकारीले बताए।