लता मंगेशकरले गाएको नेपाली गीतहरु

लता मंगेशकरले गाएको नेपाली गीतहरु
+
-

काठमाडौँ – प्रसिद्ध भारतीय गायिका लता मंगेशकरले नेपाली भाषाका गीत पनि गाएकी छन्। आफ्नो सांगीतिक जीवनमा उनले ३६ भाषाका गीतहरु गाएकी छन्।

उनले गाएको अन्तिम नेपाली गीत ‘बाचुन्जेलीलाई’ का रचनाकार आनन्द अधिकारीले संगीतको सीमा नहुने र लता मंगेशकरको निधन विश्व संगीतकै लागि अपूरणीय क्षति रहेको बताए।

उनले देश सञ्चारसँग भने, ‘सरस्वतीको रुपमा आउनुभएकी लता आज सरस्वती पूजाकै दिन सरस्वतीमै विलिन हुनुभयो। उहाँप्रति हार्दिक श्रद्धासुमन !’

१) ‘आकाशको तिरमीर तारा म गन्न सक्दिन’

मंगेशकरले गाएको यो गीतमा मबिबि शाह (महेन्द्र वीर विक्रम शाह) को शब्द रहेको छ भने गीतमा संगीत हेमन्त कुमारले भरेका छन्। यो गीत ‘उसैका लागि –२’ एल्बमको लागी रेकर्ड गरिएको थियो।

२) ‘जुन माटोमा जन्मेउ हामी’

मबिबि शाहकै शब्दमा मंगेशकरले गाएको अर्को गीत ‘जुन माटोमा जन्मेउ हामी’ हो। यो गीत चलचित्र ‘माइतीघर’ का लागि बनाइएको थियो। यसमा जयदेवको संगीत रहेको छ।

३) ‘बाचुन्जेलीलाई’

मंगेशकरले ‘जुन माटोमा जन्मेउ हामी’ रकर्ड भएको पाँच दशकभन्दा बढि समयपछि अर्को नेपाली गीत रेकर्ड गराइन्। गायक रामकृष्ण ढकाल र लताको स्वरमा सन् २०१२ को नोभेम्बरमा ‘बाचुञ्जेलीलाई’ सार्वजनिक भयो। यो गीतमा शिखर सन्तोषको संगीत रहेको छ भने, आनन्द अधिकारीको शब्द रहेको छ।

मंगेशकरले नेपाली संगीतकारसँग भने सन् १९५४ पहिलोपल्ट काम गरेकी थिइन्। संगीत क्षेत्रका अध्यता प्रकाश सायमीका अनुसार लताले भोलानाथ श्रेष्ठसँग हिन्दी भाषाको गीतमा सहकार्य गरेकी थिइन्। उनले ये बस्ती ये लाेगका लागि गीत गाएकी हुन् ।

प्रसिद्ध गायिका मंगेशकरको ९२ वर्षको उमेरमा निधन भयो। संगीत क्षेत्रमा महान पाश्र्व गायिका लताले भारतीय संगीत क्षेत्रलाई नयाँ परिभाषा दिएकी थिइन्।

यो पनि पढ्नुहोस्

प्रशिद्ध गायिका लता मंगेशकरको निधन

प्रशिद्ध गायिका लता मंगेशकरको निधन

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?