तरलता बढाउन पवन गोल्यानले सुझाए यी उपाय (भिडियो)

+
-

काठमाडौँ – बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्ष पवन गोल्यानले बैंक तथा वित्तीय संस्थामा लोनको डिमान्ड बढेकाले तरलतामा कमी आएको बताएका छन्।

आयात र रेमिट्यान्समा कमी आउनु र डिपोजिट पनि बढ्न नसक्नुका कारण तरलतामा कमी आएको उनको भनाइ छ।

उनी भन्छन्, ‘आयात एकदमै बढेको छ, यसलाई राज्यले रोक्न सकेको छैन, यसतर्फ सरकारले ध्यान नदिँदा तरलताको समस्या बढ्दै गएको देखिन्छ।’

रेमिट्यान्स कसरी बढाउन सकिन्छ, आयातमा कसरी कमी ल्याउन सकिन्छजस्ता कुरामा राज्यको ध्यान नगएको उनले बताएका छन्। फलस्वरुप तरलतामा कमी आउने समस्या सिर्जना भएको उनी बताउँछन्।

बैंकहरूको नीति उत्पादनमुखी खर्चतर्फ केन्द्रित नभएको उनले बताए। तरलता कमीको समस्या समाधान गर्न सरकारले रेमिट्यान्स बढाउन आवश्यक रहेको उनले बताए। ‘बैंकमा आएको विदेशी मुद्रालाई हाल एक प्रतिशत दिइँदै आएकामा राष्ट्रिय बैंक तथा बैंकहरूले एक प्रतिशत थपेर दिनुपर्‍यो’, उनी भन्छन्, ‘यस्ता पोलेसी राज्यले ल्याउन सके मात्र तरलतामा कमी आउँछ।’

पछिल्लो समय बढ्दै गएको अनलाइन कारोबार तथा क्रिटो करेन्सीका कारण पनि केही हदसम्म तलरतामा कमी आएको उनी बताउँछन्।

उनी भन्छन्, ‘अहिले क्रिटो करेन्सी, मोबाइल बैंकिङजस्ता अनलाइन कारोबारले प्रत्यक्ष असर पारेको देखिँदैन तर यस्ता माध्यम रोक्न जरुरी छ।’

विदेश जाने जो–कोही व्यक्तिले नेपालको बैंकमा अनिवार्य खाता खोल्नुपर्ने, दुर्घटना बिमा गर्नुपर्नेजस्ता नीतिले पनि रेमिट्यान्स बढाउन सकिने उनले बताए।

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले आइतबार तरलता अभाव तथा समाधानका उपाय सम्बन्धमा प्रतिवेदनसमेत सार्वजनिक गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?