
बुटवल – बुटवलमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन्।
बुटवल तामनगर नजिक रहेको कोरियन टेक्निकल कलेज अगाडि ना २ ख ९७७२ नम्बरको ट्रकसँग लु ३ च ४४४२ नम्बरको कार ठोक्किँदा सो दुर्घटना भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता मोहन बहादुर खाँणले बताए।
दुर्घटनामा परी गम्भीर घाइते भएका २ जनाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। मृत्यु भएका र घाइतेको परिचय खुल्न बाँकी छ।
ट्रक चालक फरार भएको र उनको खोजी भइरहेको प्रवक्ता खाँणले बताए।