तनहुँमा महिला बन्दीगृह निर्माण

तनहुँमा महिला बन्दीगृह निर्माण
+
-

तनहुँ – तनहुँको सदरमुकाम दमौलीमा महिला बन्दीगृह निर्माण गरिएको छ। कारागारको पुराना कार्यालय भवन तथा सुरक्षा ब्यारेकलाई मर्मत र घेराबारा गरी महिला बन्दीगृह निर्माण गरिएको हो।

कूल रु ४० लाखको लागतमा २० जना क्षमताको महिला बन्दीगृह निर्माण गरिएको कारागारका जेलर ऋषिराम सुवेदीले जानकारी दिएका हुन्।
गण्डकी प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय दमौलीमार्फत रु २० लाख र चालु आर्थिक वर्षमा कारागार व्यवस्थापनबाट रु २० लाख बजेट विनियोजन गरी उक्त भवन निर्माण गरिएको हो। महिला बन्दीगृह निर्माण सम्पन्नपश्चात पोखरालगायतका लामो दूरीमा महिला कैदीबन्दीलाई पठाउनुपर्ने बाध्यताको अन्त्य हुने कारागार प्रशासनले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालसहितको सुरक्षा निकायको टोलीले केही दिन अनुगमन गरी निर्माण भएको बन्दीगृहमा महिलालाई राख्न उपयुक्त भएको ठहर गरी कारागार विभागलाई पत्राचार गरेको छ।

कारागारमा नयाँ भवन निर्माण भएपछि पुराना भवनलाई महिला बन्दीगृह बनाइएको कारागारका सूचना अधिकारी नारायणप्रसाद अधिकारीले जानकारी दिए। एन्जल कन्स्ट्रक्सनले महिला बन्दीगृह निर्माण गरेको कारागारले जनाएको छ।

गएको वर्षको पुस मसान्तभित्र निर्माण सम्पन्न गर्ने म्याद रहे पनि उक्त अवधिमा पूरा नभएकाले फागुन १ गतेदेखि सञ्चालनमा ल्याउने लक्ष्य छ। कारागारका अनुसार वार्षिक रूपमा १५ महिलालाई जिल्लामा महिला बन्दीगृह नहुँदा बाहिर पठाउनुपर्ने बाध्यता रहेको छ। एक सय १५ जना क्षमताको तनहुँ कारागारमा हाल ‘ए’ ब्लकमा १४५ र ‘बी’ ब्लकमा ११२ गरी २५६ जना कैदीबन्दी रहेका छन्।

कोरोना सङ्क्रण बढेसँगै तनहुँ कारागारमा रहेका कैदीबन्दीसँगको भेटघाट बन्द गरिएको छ। कारागारमा कोरोना संक्रमण फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै आफन्तसँग भेटघाट बन्द गरिएको हो। सङ्क्रमणबाट सुरक्षित हुन नयाँ कैदीबन्दी र कोरोना लक्षण देखिएका बिरामीलाई कारागारको पुरानो भवनमा अलग्गै राख्ने गरिएको कारागारका सूचना अधिकारी अधिकारीले बताए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष