हरमन बेकरीको ४० वर्षे यात्रा (भिडियो)

+
-

काठमाडौँ– यदि तपाईंको नाकले काम गरिरहेको छ भने तपाईंलाई निर्देशनहरू आवश्यक पर्दैन। बिहान ६ बजेदेखि जुनसुकै बेला झम्सिखेलबाट पुल्चोकतर्फ लाग्दा स्वादिष्ट, मोहक तथा ताजा पाउरोटी, कुकिजको वासना तपाईंको नाकमा ठोकिन सक्छ।

कुनै पनि व्यापारलाई सुरु गर्नु र त्यसलाई लामो समयसम्म क्वालिटी मेन्टेन गरेर टिकाइराख्नु पक्कै पनि चुनौतीको विषय हो। ‘हरमन हेल्मर्स बेकरी’ले विगत ४० वर्षअघि सुरु गरेको आफ्नो यात्रा अहिलेसम्म पनि उत्तिकै जोशसाथ निरन्तर जारी राखेको छ।

‘क्वालिटीलाई नै ध्यान दिएको भएर हामीले अन्य आउटलेट गर्न सकेको छैनौँ,’ गत हप्ता हामी हरमन हेल्मर्स बेकरी पुग्दा सञ्चालक रिता केसी सुनाउँदै थिइन्।

रिताका अनुसार बेकरीमा सबैभन्दा स्पेशल प्रोडक्ट ब्रेड नै हो। यहाँ ब्राउन ब्रेड, ह्वाइट ब्रेड, स्वीस रोल, कुकिज, पेस्ट्री लगायत अन्य बेकरी आइटमहरु सबै छन्। उनका अनुसार केकको पनि २०/२१ वटा भेराइटीहरु छन्।

मैदाको खान नहुने ग्राहकको लागि यहाँ ओट्स र फापरको कुकिज पनि बनाइन्छ। यस्तै डाइबिटिजका विरामीको लागि मकैको पाउरोटी पनि बनाइन्छ।

सुरुवाती दिनदेखिका ग्राहक अझसम्म पनि निरन्तर आइराख्ने रिता बताउँछिन्। रिता थप्छिन्, ‘यहाँको खाएपछि अन्तको मीठो लाग्दैन भन्ने पनि हुनुहुन्छ।’

बेकरीका परिकारहरुको उत्पादन पनि यहीँ नै हुन्छ र यहीँबाट सबै प्रोडक्टहरु सकिन्छ। त्यसैले यहाँ केक, कुकिज, ब्रेड सबै फ्रेस हुने उनी बताउँछिन्। ग्राहकहरु पनि प्रायः यही एरियाका हुन्छन्।

रिता थप्छिन्,‘कोही कस्टमर क्वालिटी हेर्नुहुन्न अनि तपाईंहरुको प्राइस धेरै हाइ रहेछ भन्नुहुन्छ। कोही भने क्वालिटि राम्रो छ, टेस्ट पनि राम्रो छ, ठीक छ भन्ने पनि हुनुहुन्छ।’

पहिलो लकडाउनभन्दा अघिसम्म बेकरी हप्ताको एक पटक आइतबार बन्द हुने गर्थ्यो। तर अहिले भने हप्ताको सातै दिन बिहान ६ बजेदेखि बेलुकी ८ बजेसम्म बेकरी खुल्ने गरेको उनी बताउँछिन्।

रिता भन्छिन्, ‘कोभिडले गरेर समय सीमित भयो। बिहान बेलुकी केही समय मात्र खोल्न पर्ने भएपछि कस्टमरहरुलाई गाह्रो भयो। रेगुलर कष्टुमरलाई गाह्रो नहोस् भनेर हामीले आइतबार पनि खोल्न थालेम्।’

कसरी सुरु भयो हरमन हेल्मर्स बेकरी?


अशोक केसी (रिताका ससुरा) ७० को दशकको मध्यतिर काठमाडौँका विभिन्न होटलहरूमा घुमफिर गर्ने बेकर थिए, जबसम्म उनले आफ्नो सानो आउटलेट आजको ठाउँमा खोलेका थिएनन्।

केसीले सोल्टी होटलमा काम गर्दा एकजना जर्मन नागरिक भेटेका थिए, जसले उनले बनाएको पेस्ट्री एकदमै मन परेर जर्मन आएर थप अध्ययन गर्न सुझाव दिएका थिए।

सन् १९७८ मा अशोकले आफ्नो सीप बढाउने निर्णय गरे र बेकिङको तालिम लिन जर्मनी गए। केसीले जर्मनीमा यस विषयमा थप अध्ययन गरे र सँगै काम पनि।

उनको कामलाई मन पराएर जर्मनीमै बस्न आग्रहसमेत गरिएको थियो। तर आफ्नै देशमा केही गर्छु भन्ने सोच उनमा हावी भएको थियो।

जर्मनीमा गुणस्तरमा जोड दिएको देखेर प्रभावित अशोक गुणस्तरमा कहिल्यै सम्झौता नगरी उत्कृष्ट उत्पादन गर्ने संकल्प लिएर नेपाल फर्किए र सुरु गरे ‘हरमन हेल्मर्स बेकरी।’

‘हरमन हेल्मर्स’ बेकरी जर्मनीको ‘ब्रिमिन’ भन्ने ठाउँमा छ। केसीले त्यहीँ नै बेकरीमा मास्टर्स गरेका थिए।  त्यही नामबाट प्रभावित भएर नेपालमा पनि उनले आफ्नो बेकरीको नाम उही राखे। ‘पेस्ट्री’मा सबैभन्दा पहिला नेपालमा सुरुवात गर्ने केसी नै हुन्।

जर्मनीमा तालिम लिएका अशोक केसीले नेपाली स्वामित्वमा रहेको र सञ्चालनमा रहेको बेकरी अहिले भने आफ्ना छोराबुहारीलाई हस्तान्तरण गरिसकेका छन्।

केकको डिपार्टमेन्ट रिताका श्रीमान्‌ले सम्हाल्छन् भने कुकिज र ब्रेड उनका जेठाजुले सम्हाल्छन्। बेकरीमा रिता र उनकी जेठानी मिलेर काम गर्छन्। कुकिज र ब्रेडमा काम गर्नेमा लगभग ६ जना छन् भने केकमा काम गर्ने दुई जना कामदार छन्।

रिताका अनुसार हर्मन बेकरी सुरु भएताका ब्रेड खाने भनेका नेपालमा काम गर्नको लागि भनेर बसेका विदेशी र घुम्न आएका विदेशी मात्र हुन्थे। रिता थप्छिन्,‘तर त्यो बेला र अहिलेको कम्पेयर गर्ने हो भने विदेशीले भन्दा बढी नेपालीले ब्रेड खान्छन्।’

सुरुवाती दिनमा जम्मा दैनिक ५—६ वटा ब्रेड मात्र बन्ने गरेको उनी स्मरण गर्छिन्। उनी भन्छिन्,‘त्यो बेलामा खासै काम गर्ने मान्छे पनि कोही थिएन। मेरो बुवा र ममी दुई जना बसेर सुरु गर्नुभएको। त्यो बेलामा बढी बने ५—६ वटा ब्रेड बन्थ्यो होला।’

पुराना दिन सम्झिँदै रिता थप्छिन्,‘सुरुमा त मेसिनहरु पनि केही थिएन। सबै काम हातले नै गर्नुपर्थ्यो। हातैले पीठोहरु मुछिन्थ्यो। आगोको चुल्होमा पकाइन्थ्यो। तर आज सबै कुरा आधुनिक छ।’

बेकरीका आइटमहरु सबै उमेर समूहका व्यक्तिले खान मिल्ने र स्वस्थ पनि भएको उनको भनाइ छ। क्वालिटिमा कम्प्रमाइज होला कि भन्ने डरले अन्य आउटलेट सुरु नगरे पनि अब भने सोबारे विचार गर्न थालेको रिता बताउँछिन्।

भन्छिन्,‘अब चाहिँ अन्य आउटलेट विस्तार गर्नेबारे योजना भइरहेको छ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?