पर्वतको बनौमा बौद्ध बिहार निर्माण सुरु

पर्वतको बनौमा बौद्ध बिहार निर्माण सुरु
+
-

पर्वत – पर्वतको जलजला गाउँपालिका–९ बनौमा बौद्ध बिहार निर्माण सुरु भएको छ। सरकारी निकाय र दाताहरूबाट सहयोग जुटाएर करिब रु एक करोडको लागतमा निर्माण गर्न लागिएको बिहारको बिहीबार गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजी बरालले शिलान्यास गरे।

उक्त बौद्ध बिहार निर्माणमा गण्डकी प्रदेश सरकारबाट रु पाँच लाख, कोरिया समूहबाट रु ५७ हजार, डबबहादुर गर्बुजाबाट रु ५० हजार, स्थानीय पूर्णबहादुर पाइजाबाट रु ३५ हजार, प्रेमबहादुर पुर्जाबाट रु ३० हजार, भुवनसिंह पुनबाट रु २५ हजारलगायतबाट सहयोग प्राप्त भएको छ। भवन आगामी दुई वर्षभित्र निर्माण सम्पन्न हुने भएको छ।

शिलान्यास कार्यक्रममा मन्त्री बरालले जसको नीति उसैको नेतृत्व भएमा मात्र समृद्धि हासिल गर्न सकिने बताए। ‘परिवर्तनको अगुवाइ माओवादी पार्टीले नै गरेको हो तर कसैकसैलाई यो तितो सत्य पच्दैन, यो कुरा साँचो हो’, उनले भने, ‘अब सवै तहमा समृद्धिको नेतृत्व पनि माओवादी पार्टीले नै लिनुपर्ने हुन्छ ।’

नीति एउटाको, नेतृत्व अर्काको भएका कारण तालमेल मिल्न नसकेको उनले बताए। समृद्धिको नेतृत्व वडा, पालिका तथा प्रदेश र सङ्घ सबै तहमा नीतिअनुसार नेतृत्व गर्नुपर्ने त्यसो हुँदा गरिबी अन्त्य गरी देशमा समृद्धि हुने मन्त्री बरालले दाबी गरे।

पछिल्लो समयमा पूर्वाधारका क्षेत्रमा देश अघि बढेसँगै अब उत्पादनमा समेत जोड दिनुपर्ने मन्त्री बरालले बताए। मगर बस्ती भएको उक्त क्षेत्रमा उत्पादनसहित पर्यटन प्रवर्द्धन गर्न घरबाससमेत सञ्चालन गर्न मन्त्री बरालले सुझाव दिए।

राज्यले सबै धर्मलाई समान रुपले हेर्ने बताउँदै उनले उक्त बिहार निर्माणमा थप रकम व्यवस्थापन गर्न पुनः पहल गर्नेसमेत बताए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष