
काठमाडौँ – काठमाडौं उपत्यकाको काँठ क्षेत्र हेर्दा अहिले भत्किएकोमात्र देख्न सकिन्छ। बढ्दो सहरीकरणको मार उपत्यकाको काँठ क्षेत्रलाई परेको छ।

काठमाडौंको बुढानिलकण्ठको चिसेनी हाइट।

बुढानिलकण्ठ चिसेनी हाइट।
काँठ क्षेत्र उपत्यकाको जलाधार क्षेत्र पनि हो। यसरी अवैज्ञानिक ढंगले जग्गा प्लटिङ गर्दै जाँदा पानीका मुहानहरु सुक्न थालेका छन्। काँठ क्षेत्रको बस्ती उपत्यकाको इतिहास र सभ्यतासँग गाँसिएको छ।

बुढानिलकण्ठमा गरिएको जग्गा प्लटिङ।

भक्तपुर सूर्यविनायक डोकाथली गाउँ।

भक्तपुरको अनन्तलिंगेश्वर दधिकोट गाउँ।

ललितपुर गोदावरीको न्यौपाने गाउँ।

ललितपुरको चापागाउँस्थित टाहाखेल शेरा फाँट।
उपत्यकाको रैथाने बस्ती अनि यसले जोगाएको संस्कृति विस्तारै जग्गा प्लटिङसँगै खण्डित हुँदैछ। सम्पन्न सहरको नाममा काठमाडौँ उपत्यकाको कान्ला–भित्ता ताछिएका छन्।

ललितपुरको झरुवाराशी फाँट।

ललितपुरको ढुंगे साँघु.

ललितपुरको बज्रबाराही मन्दिरको जंगल नजिकै।
अनधिकृत रुपमा, इञ्जिनियरिङ अध्ययनविना भइरहेका यस्ता बस्ती विस्तारले पहिराको जोखिम बढाएको छ।