विकट चिमखोलामा प्रहरी पोष्ट स्थापना

विकट चिमखोलामा प्रहरी पोष्ट स्थापना
+
-

म्याग्दी भौगोलिक रूपमा दुर्गम र विकट क्षेत्रमा पर्ने म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको मलाङमा प्रहरी पोष्ट स्थापना भएको छ। रघुगङ्गा –७ चिमखोला र ८ कुइनेमङ्गलेको सुरक्षाका लागि प्रहरी पोष्ट स्थापना भएको हो।

गाउँपालिकाका अनुसार १४ हजार जनसङ्ख्या भएको रघुगङ्गाको एकतिहाइ जनसङ्ख्या यी दुई वडामा छ। प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले शनिबार पोष्टको उद्घाटन गरे।

पाँच प्रहरी रहने गरी स्थापना गरिएको चौकीलाई स्थायी रुपान्तरण र स्तरोन्नति गरिने प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताए। शान्ति सुरक्षाका लागि स्थानीयवासी र गाउँपालिकाबाट भएको मागअनुसार प्रहरी पोष्ट स्थापना गरिएको उनले बताए।

‘गत वर्ष अजिङ्गर भिरमा सडक खुलेसँगै अपराधजन्य गतिविधि, जलविद्युत आयोजना निर्माण हुन थालेपछि बाह्य मजदुरको चहलपहल र आर्थिक गतिविधिसँगै सुरक्षा चुनौती बढेको थियो’, प्रनाउ राईले भने, ‘पोष्ट स्थापनापछि बिपद् व्यवस्थापनका साथै धवलागिरि सेञ्चुरी र आइसफल पदमार्गको सुरक्षामा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ।’

प्रहरी पोष्ट स्थापनाका लागि ३५.५ मेगावाटको राहुघाट मङ्गले र ४८.५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत आयोजनाको प्रवर्द्धक तुदी पावर कम्पनीले तीनकोठे भवन उपलब्ध गराएको छ। कम्पनीका प्रतिनिधि उपेन्द्र गौतमले प्रहरी पोष्ट स्थापना गर्न तत्कालका लागि भवन र पक्की भवन बनाउन तीन रोपनी जग्गा उपलब्ध गराएको बताए।

यसअघि चिमखोला र कुइनेमङ्गलेमा छिमेकी वडा पाखापानीमा रहेको प्रहरी चौकीका सुरक्षाकर्मी पुग्नु पर्दथ्यो। भौगोलिक विकटता, यातायातको असुविधाका कारण पाखापानीबाट चिमखोला र कुइनेमङ्गलेमा सुरक्षाकर्मी पुग्न पूरै दिन लाग्ने समस्या थियो। आवश्यकता र मागअनुसार सुरक्षा व्यवस्थाका लागि चिमखोलामा प्रहरी पोष्ट स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी रानाले बताए।

रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले गाउँपालिकाको निर्णय र मागअनुसार तिप्ल्याङ र चिमखोलामा प्रहरी पोष्ट स्थापना भएको तथा मौवाफाँटमा प्रहरी चौकी स्थापना गर्न भवन निर्माण भएको बताए। चिमखोलाका वडाध्यक्ष देउप्रसाद पुन र सदस्य बुद्धीमाया पहरे पुनले जलविद्युत आयोजना भित्रिएसँगै थपिएको सुरक्षा चुनौती व्यवस्थापनका लागि प्रहरी चौकी आवश्यक परेको बताए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष