‘भ्यूटावर’ बनाउने प्रवृत्ति राम्रो भएन – पर्यटन विज्ञ

‘भ्यूटावर’ बनाउने प्रवृत्ति राम्रो भएन – पर्यटन विज्ञ
+
-

 काठमाडौँ – दृश्यावलोकन स्तम्भ ‘भ्यूटावर’ बनाउने प्रवृत्तिले पर्यटन क्षेत्रको सही विकास नहुने धारणा विज्ञहरुले व्यक्त गरेका छन्। त्रिभुवन विश्वविद्यालय अल्मुनाइ एसाेसियसनद्वारा शनिबार आयोजित ‘नेपालमा पर्यटन उद्योगको विकास र त्रिभुवन विश्वविद्यालयको योगदान’ विषयक वेबिनार छलफलका सहभागी वक्ताहरुले दृश्यावलोकन बनाउने लगानी पर्यटन प्रवर्द्धनका अन्य क्षेत्रमा लगाउन स्थानीय तहलाई आग्रहसमेत गरे।

निजी क्षेत्रसँग समन्वय गरी प्रदेश र स्थानीय तहमा रहेको बजेटमार्फत पर्यटन क्षेत्रमा व्यवस्थित पूर्वाधार निर्माण गर्न सकिने उनीहरुको भनाइ थियो। उनीहरूले नेपालमा पर्यटन विषय अध्यापन गराउन दर्जनौँ शिक्षण संस्था सञ्चालनमा रहे पनि आवश्यक जनशक्ति उत्पादन हुन नसकेको, त्रिवि र अन्य शिक्षण संस्थाले दिने प्रमाणपत्र र बजारको मागका बीचमा ठूलो खाडल रहेको पनि औँल्याए।

पर्यटन क्षेत्रमा नयाँ–नयाँ सीपयुक्त जनशक्ति आवश्यक पर्नेमा त्यसअनुसारका जनशक्ति उत्पादन हुन नसकेको र यस सम्बन्धमा शिक्षण संस्था र पर्यटन व्यवसायीबीच छलफलसमेत हुन नसकेको भनाइ उनीहरूको थियो।

वेबिनारमा नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटन क्षेत्रमा नयाँ–नयाँ अवधारणा आइरहे पनि त्यसअनुसारको नीति र कोभिड पछाडि पर्यटन क्षेत्रलाई अगाडि बढाउने नयाँ रणनीतिका बारेमा समेत छलफल नभएको बताए। उनले भने, ‘महामारीले पर्यटन क्षेत्रलाई पारेको असरलाई माथि उठाउन सबैको ध्यान जानुपर्छ। सरकारले विशेष रूपमा निजी क्षेत्रलाई सहुलियत प्रदान गरी थप लगानीमैत्री वातावरण तयार गर्दै जानुपर्छ।’

पर्यटन मन्त्रालयका पूर्वसचिव दीपेन्द्रपुरुष ढकालले सरकारले कोभिडका कारण रुग्ण बनेका पर्यटन क्षेत्रका उद्योगका लागि विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए। उनले भने, ‘आर्थिक समृद्धिको आधार नै पर्यटन क्षेत्र भएकाले यसलाई माथि उठाउन विशेष नीतिका साथ कार्यक्रम ल्याउन जरुरी छ।’

प्रा डा रिदिश पोखरेलले वैदशिक मुद्रा आर्जनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने पर्यटन क्षेत्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने सम्बन्धमा राज्यले पर्याप्त लगानी नगरेको बताए। कार्यक्रममा एसाेसियसनका अध्यक्ष प्रा डा सुनीति श्रेष्ठ, उपाध्यक्ष सुदर्शनराज तिवारीलगायत अन्य वक्ताले कोभिडका कारण अन्तर्राष्ट्रिय पर्यटकको सङ्ख्या घटेका बेलामा आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्न सुझाव दिएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?