खुल्यो स्कुल, बढ्यो विद्यार्थीहरुको चहलपहल (तस्बिरहरु)

खुल्यो स्कुल, बढ्यो विद्यार्थीहरुको चहलपहल (तस्बिरहरु)
+
-

काठमाडौँ – कोभिड–१९ को तेस्रो लहरको जोखिम बढेसँगै बन्द भएका शैक्षिक संस्था आइतबारदेखि नियमित सञ्चालनमा आएका छन्।

कोरोना संक्रमणको तेस्रो लहरको कारण विद्यालय तथा कलेजमा करिब एक महिना भौतिक रुपमा पठनपाठन हुन सकेन। आइतबार बिहानदेखि स्कुलहरुमा विद्यार्थीहरुको चहलपहल बढेको छ।

कोभिड–१९ स्वास्थ्य सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) ले विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरू जनस्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गरी फागुन १ गतेदेखि सञ्चालन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गृह मन्त्रालयलाई गत साता सिफारिस गरेको थियो।

विद्यालय सञ्चालन गर्दा १२ वर्ष पूरा भएका विद्यार्थीका हकमा नियमित रूपमा तथा १२ वर्ष पूरा नभएका विद्यार्थीका हकमा आलोपालो गरी कक्षा सञ्चालन गर्ने व्यवस्थाका निम्ति गृह र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिसिएमसीले सिफारिस गरेको थियो।

आइतबार स्कुल खुलेसँगै काठमाडौँको भीएस निकेतन पुगेकी देश सञ्चारकी फोटो पत्रकार वर्षा शाहले विद्यार्थीहरुको चहलपहल आफ्नो क्यामेरामा कैद गरेकी छन्। आइतबार नर्सरीदेखि कक्षा ५ को मात्रै भौतिक रुपमा पठनपाठन भएको भीएस निकेतनकी प्रिन्सिपल संगीता श्रेष्ठले जानकारी दिइन्।

उनका अनुसार सोमबार र मंगलबार स्कुलमा खोप केन्द्र भएकाले खोप माथिल्लो कक्षाको पठनपाठन फागुन ४ गतेदेखि मात्रै हुनेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?