
जनकपुरधाम – नेपाल रेल्वे आइतबार देखि सञ्चालनमा आएको छ । आइतबार देखि दैनिक एक पटक रेल सञ्चालन हुनेछ ।
नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले आइतबार देखि विना यात्रुको रेल दैनिक एक पटक सञ्चालन भएको बताए । प्रत्येक दिन बिहान १० बजे देखि इनर्वा स्टेशनबाट कुर्थासम्म रेल चल्ने उनले जानकारी दिए।
झाले औपचारीक उद्घाटन नभएसम्म एक पटक विना यात्रुको रेल चल्ने बताए । रेल सञ्चालन हुने भएपछि कब्जा गरिएका ठाउँहरू खाली गराइएको छ । लिकमा हाटबजार र आवतजावतमा रोक लगाइएको छ ।
करिब डेढ बर्ष देखि नेपाल सरकारले खरिद गरेको दुईसेट रेल इनर्वा स्टेशनमा सशस्त्र प्रहरीको निगरानीमा राखिएको थियो।
जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटरको रेलमार्ग छ । एसी चलाएर आउँदा दैनिक २८० लिटर डिजल लाग्ने अनुमान गरिएको छ ।