मध्यनेपालको दुईपिप्लेमा प्रशासन कार्यालय राख्ने तयारी

मध्यनेपालको दुईपिप्लेमा प्रशासन कार्यालय राख्ने तयारी
+
-

लमजुङ – लमजुङको मध्यनेपाल नगरपालिका अन्तर्गत दुईपिप्लेमा छुट्टै इलाका प्रशासन कार्यालय स्थापनाका लागि सिफारिस भएको छ। प्रशासन कार्यालयबाट गरिने सेवा सुविधालाई अझै प्रभावकारी बनाउन मध्यनेपाल–४, दुईपिप्लेमा इलाका प्रशासन कार्यालय स्थापनाका लागि गृह मन्त्रालयमा सिफारिस भएको हो।

मध्यनेपाल नगरपालिका अन्तर्गत सवै वडाहरूलाई समेत प्रशासनिक सेवा प्रवाहलाई सहज बनाउन दुईपिप्लेमा छुट्टै इलाका प्रशासन कार्यालय माग गरिएको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए।

सिफारिसअनुसार काम भएमा मध्यनेपाल नगरपालिका अन्तर्गतका सबै वडाका नागरिकहरूलाई प्रशासनिक सेवा लिन सहज हुने प्रतिअ वैद्यको भनाइ छ। इलाका प्रशासन कार्यालयका लागि जिल्लास्थित सुरक्षा समितिको बैठकबाट निर्णय गरी गृह मन्त्रालयमा सिफारिस भएको हो।

भौगोलिक रूपमा अपायक पर्ने मध्यनेपाल नगरपालिकाको लागि हालको सदरमुकामबाट पर्ने दूरी, स्थानीय जनसङ्ख्या, हालको सदरमुकाम आइपुग्न लाग्ने समय र दुईपिप्लेमा इलाका प्रशासन कार्यालय स्थापना भएपछि घट्ने हुने सहजतालाई आधार मानी सिफारिस गरिएको प्रशासनले जनाएको छ।

दुई वर्षअघि पनि मध्यनेपालमा इलाका प्रशासन कार्यालय राख्न आवश्यक सुझाव र तथ्य सहित जिल्ला प्रशासन कार्यालय लमजुङले गृह मन्त्रालयमा सिफारिस गरेको थियो। तत्कालीन समयमा गृह मन्त्रालयले नै देशैभरका प्रशासन कार्यालयहरुमार्फत जिल्लाको संगठन तथा व्यवस्थापन सर्वेक्षणका लागि प्रारम्भिक प्रतिवेदन पठाउन पत्राचार गरेपछि सोही पत्रमा आधारित भएर प्रशासनले सिफारिस गरेको थियो।

जिल्ला प्रशासन कार्यालयले मन्त्रालयमा पठाएको सिफारिस बमोजिम गृह मन्त्रालयले आवश्यक छानबिन गरी निर्णय गरेपछि मात्रै इलाका प्रशासन कार्यालय स्थापना हुनेछ।

गृह मन्त्रालयसँगै अर्थ मन्त्रालयको पनि सहमति आवश्यक पर्ने र सो बारे औपचारिक छलफल भइसकेको मध्यनेपाल नगरपालिका प्रमुख रमेशकुमार पाण्डेले बताए। जिल्ला सदरमुकामबाट भौगोलिक रुपमा अपायक पर्ने मध्यनेपाल नगरपालिका अन्तर्गतका नागरिकका लागि प्रशासनिक सेवाको सहजताका लागि इलाका प्रशासन कार्यालय जरुरी रहेको नगरप्रमुख पाण्डेको भनाइ छ।

भौगोलिक रुपमा आम सेवाग्राहीलाई सहज र छिटोछरितो सेवा प्रवाहको लागि मध्यनेपालमा इलाका प्रशासन कार्यालय अति आवश्यक रहेको भन्दै कार्यालय स्थापना पश्चात् पश्चिम लमजुङका नागरिकलाई प्रशासनिक कामकाजमा धेरै ठूलो राहात मिल्ने नगरप्रमुख पाण्डेले बताए।

हाल मध्यनेपाल–४, रम्घा दुईपिप्लेमा रहेको सामुदायिक प्रहरीको भवनमा इलाका प्रशासन कार्यालय रहने गरी सिफारिस भएको छ। दुईपिप्लेमा इप्रका स्थापना भए सदरमुकाम आउने सेवाग्राहीलाई समय र खर्च समेत बचत हुने विश्वास गरिएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष