मिर्गौला पीडितलाई डेढ लाख सहयोग

मिर्गौला पीडितलाई डेढ लाख सहयोग
+
-

तनहुँ– तनहुँको व्यास नगरपालिका ५ चुँदेर निवासी मिर्गौलाबाट पीडित एक व्यक्तिलाई करिब डेढ लाख आर्थिक सहयोग गरिएको छ ।

दुवै मिर्गौलामा समस्या भएका ४४ वर्षीय थमनबहादुर थापाको उपचारका लागि सोमबार एक लाख ४६ हजार ६३५ रुपैयाँ सहयोग गरिएको हो ।
चुँदेर घर भई हाल बुटवलमा बस्दै आउनुभएका उनका काका देवबहादुर थापाले सङ्कलन गरी ल्याएको रकम पीडितको उपचारका लागि हस्तान्तरण गरिएको हो ।

व्यास नगरपालिका–५ का वडाअध्यक्ष मोहनकुमार श्रेष्ठको रोहवरमा सङ्कलन गरेर ल्याइएको रकम थापाले पीडित परिवारलाई उपलब्ध गराएको हो।

सोही अवसरमा साउदी अरबबाट सङ्कलित ३० हजार रुपैयाँसमेत पीडितलाई उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरिएको थियो । आर्थिक अवस्था कमजोरीका कारण मिर्गौला प्रत्यारोपण गर्न नसकेका थापा उपचारको खोजीमा भौँतारिँदै आएका थिए।

चिकित्सकले १२ देखि १३ लाख रुपैया उपचारमा खर्च लाग्ने जनाएका छन् । थापाका दुई छोरा छन् । अहिलेसम्म उपचार गर्दा सात लाख रुपैयाँभन्दा बढी रकम खर्च भइसकेको पीडित थापाले जानकारी दिए।

सातामा दुईपटक डायलासिस गर्नुपर्ने र एक पटकमा साढे सात हजार रुपैयाँ खर्च हुने उनले बताए।

भारतमा २० वर्षसम्म सुपरभाइजरको पदमा काम गरेका थापा मिर्गौला फेल भएपछि नेपाल फर्किएका हुन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष