त्रिभुवन विश्वविद्यालयमा विद्यार्थीको तालाबन्दीविरुद्ध प्राध्यापकको प्रदर्शन

त्रिभुवन विश्वविद्यालयमा विद्यार्थीको तालाबन्दीविरुद्ध प्राध्यापकको प्रदर्शन
+
-

काठमाडौँ – त्रिभुवन विश्व विद्यालयका प्राध्यापकहरुले नेविसंघले गरेको तालाबन्दीको विरोध गर्दै प्रदर्शन गरेका छन्।

विश्वविद्यालयका प्राध्यापकहरुले विश्वविद्यालयका उपकुलपतिको कार्यकक्षमा ताला लगाएको दुई सय दिन बितिसकेको भन्दै तालाबन्दी हटाउन माग गर्दै विरोध प्रदर्शन गरेका हुन्।

‘तालाबन्दी समाधान होइन, समस्या हो’, ‘विश्वविद्यालयलाई तालाबन्दी मुक्त क्षेत्र बनाउँ’, ‘अब त अत्ति भयो’, ‘विश्वविद्यालयमा तालाबन्दी कहिलेसम्म?’, ‘विश्वविद्यालय सुधारका लागि एकजुट होऔँ’ लगायतका प्लेकार्ड बोकेर प्रध्यापकहरुले विरोध प्रदर्शन गरेका छन्।

उनीहरुले विश्वविद्यालयको रजिस्टार कार्यालयअघि शान्तिपूर्ण धर्नासमेत दिएका छन्। प्रदर्शनकारी प्राध्यापकहरुले समस्या सहज रुपमा समाधान गर्न सकिने अवस्था रहे पनि आन्तरिक उद्देश्यले बन्द गर्दा पठनपाठनमा समस्या भएको बताए।

प्रध्यापकहरुले विभिन्न विद्यार्थी संगठनहरुले आ–आफ्नो स्वार्थका लागि तालाबन्दी गर्दै जाने हो भने विश्वविद्यालयका समस्या कहिल्यै समाधान नहुने जिकिर गरे। उनीहरुले विश्वविद्यालयलाई प्राज्ञिक थलो बनाउनुपर्ने बताए।

सत्तारुढ दल नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले विगत लामो समययता शैक्षिक क्षेत्रमा सुधार गर्नुपर्ने माग गर्दै तालाबन्दी गर्दै आएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?