तनहुँमा एक हजार ६५ नयाँ उद्योग दर्ता

तनहुँमा एक हजार ६५ नयाँ उद्योग दर्ता
+
-

दमौली – चालु वर्षको पहिलो ६ महिनामा तनहुँमा एक हजार ६५ उद्योग दर्ता भएका छन्। तीमध्ये सबैभन्दा बढी कृषिजन्य उद्योग छन्।

घरेलु तथा साना उद्योग कार्यालय तनहुँका अनुसार दर्ता भएका उद्योगमध्ये ७२१ कृषिजन्य, ७४ उत्पादनमूलक, १९७ पर्यटनमूलक, १६६ सेवामूलक, चार सूचना तथा प्रविधिमूलक छन्।
कार्यालयमा कृषिजन्य, ऊर्जामूलक, खनिजजन्य, पूर्वाधार, पर्यटनमूलकलगायत उद्योग दर्ता हुँदै आएका छन्। दर्ता भएकालाई निजी र साझेदारी लघु उद्यम, घरेलु उद्योग र साना उद्योगमा वर्गीकरण गरिएको छ।

गत आर्थिक वर्षमा जिल्लामा दुई हजार एक उद्योग दर्ता भएका थिए। ०७६/७७ मा जिल्लामा तीन हजार ५१५ उद्योग थपिए।

कृषि र पशुपालनमा युवाको आकर्षण बढेसँगै कृषिसम्बन्धी उद्योग दर्तामा वृद्धि भएको कार्यालयका प्रमुख नारायणप्रसाद ढकालले बताए।

‘कोरोना भाइरस संक्रमणका कारण वैदेशिक रोजगारीबाट फर्किएका युवाले गाउँमै उद्यम सुरु गरेका छन्,’ उनले भने, ‘कृषि तथा वनजन्यतर्फ दुग्ध डेरी, गाईपालन, बाख्रापालन, कुखुरापालन, मौरीपालन, माछापालन, तरकारी खेतीतर्फ आकर्षण बढ्दो छ।’ जिल्लामा दर्ता भएका उद्योगले पाँच हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएका छन्।

कार्यालयले सोही अवधिमा ३० लाखभन्दा बढी राजस्व संकलन गरेको छ। दर्ता भएका उद्योगबाट ३० लाख ४३ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ।

एक लाखसम्म पुँजी भएको उद्योगले एक हजार १ सय, ३ लाखसम्म पुँजी भएको उद्योगले तीन हजार एक सय, ५ लाखसम्म पुँजी भएको उद्योगले ६ हजार एक सय, ५० लाखसम्म पुँजी भएको उद्योगले १२ हजार एक सय, एक करोडसम्म पुँजी भएको उद्योगले २० हजार एक सय, ५ करोडसम्म पुँजी भएको उद्योगले ३० हजार एक सय र ५ करोडभन्दा माथि पुँजी भएको उद्योगले ५० हजार एक सय १० रुपैयाँ दर्ताबापत शुल्क बुझाउनुपर्नेछ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष