इन्डिगोको मुम्बई–काठमाडौँ पुनः उडान, नेपाल एयरलाइन्सको उडान कहिले?

इन्डिगोको मुम्बई–काठमाडौँ पुनः उडान, नेपाल एयरलाइन्सको उडान कहिले?
+
-

काठमाडौँ – कोभिड–१९ महामारीका कारण स्थगित रहेको भारतको मुम्बईबाट काठमाडौँ गन्तव्यमा सिधा हवाई उडान पुनः सञ्चालनमा आउने भएको छ । कोभिड सङ्क्रमणदर घटेसँगै मुम्बई–काठमाडौँ उडान सञ्चालन हुन लागेको हो ।

भारतको निजी क्षेत्रको वायुसेवा प्रदायक इन्डिगो एयरले फागुन १८ (मार्च २) देखि मुम्बईबाट काठमाडौँ उडान गर्ने गरी मिति तोकेको छ ।

कम्पनीले सातामा तीन दिन आइतबार, बुधबार र शुक्रबार उडान गर्नेछ । उक्त कम्पनीले हालै दिल्ली–काठमाडौँ रुटमा दैनिक एक उडान सञ्चालन गरिरहेको छ ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले पनि काठमाडौँ–मुम्बई रुटमा छिट्टै पुनः उडान सञ्चालन गर्ने तयारी गरेको छ ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले काठमाडौँ–मुम्बई गन्तव्यमा उडान सञ्चालनका लागि तयारी अवस्थामा रहेको जानकारी दिए । उनले भने, ‘इन्डिगो एयरले उडान पुनः सञ्चालन गर्ने भएछ, हामी (नेपाल एयरलाइन्स)ले पनि यो गन्तव्यमा उडानका लागि हाम्रोतर्फबाट सबै तयारी गरेका छौँ, भारतीय पक्षले उडान अनुमति दिनासाथ पुनः उडान सञ्चालन गर्नेछाैँ ।’

मुम्बई गन्तव्यमा कोभिड महामारीपूर्व नेपाल एयरलाइन्सले नियमित उडान गरिरहेको थियो । कोभिडको तेस्रो लहर सुरु हुनुअगावै उडानको तयारी गरिएको भए पनि महामारीका कारण उडान योजना स्थगित भएको थियो ।

महामारीकै अवधिमा एयर बबल सम्झौताअनुरूप नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स र भारतको राष्ट्रिय ध्वजावाहक एयर इन्डियाले नियमित उडान सञ्चालन गर्दै आएका थिए ।

नेपाल एयरलाइन्सले भारतका तीन गन्तव्य नयाँदिल्ली, मुम्बई र बेङ्लोरमा सिधा उडान गर्दै आए भए पनि कोभिड महामारीका कारण दुई वर्षदेखि मुम्बई र बेङ्गलोर गन्तव्यमा उडान गर्न पाएको छैन । नेपाल एयरलाइन्सले भारतका तीनसहित सात देशका नौ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?