ओपोद्वारा मोबाइल इमेजिङका लागि ह्यासलबाल्डसँग रणनीतिक साझेदारीको घोषणा

ओपोद्वारा मोबाइल इमेजिङका लागि ह्यासलबाल्डसँग रणनीतिक साझेदारीको घोषणा
+
-

काठमाडौँ – वैश्विक प्राविधिक ब्राण्ड ओपोले प्रख्यात क्यामेरा निर्माता ह्यासलबाल्डसँग ओपोको फ्ल्यागशिप फाइण्ड सिरिजका लागि औद्योगिक रुपमै अग्रणी क्यामेरा प्रविधिको सह–निर्माण गर्न ३ वर्षका लागि पार्टनरशिपको घोषणा गरेको छ।

मोबाइलका लागि ह्यासलबाल्ड क्यामेरामार्फत उत्कृष्ट मोबाइल फोटोग्राफी पस्कने उद्देश्यका साथ दुबै ब्राण्ड यस सहकार्यमार्फत रंग विज्ञानअन्तर्गत नवप्रवर्तनमा आफ्नो ध्यान केन्द्रित गर्नेछन्।

ओपो र वानप्लसबीचको संघटनदेखि दुई ब्राण्डबीचका रिसर्च एण्ड डेभलपमेन्ट स्रोतहरुलाई एकीकृत रुपमा परिचालन गर्दै कार्य दक्षता बढोत्तरी तथा प्रयोगकर्ता अनुभवमा बढोत्तरीका लागि प्रयत्नहरु भइरहेका छन्। वानप्लस र ह्यासलबाल्डबीचको पार्टनरशिपमार्फत इमेजिङमा हात पारेका उपलब्धि नियाल्दै पार्टनरशिपलाई ओपो र वानप्लस दुबै ब्राण्डका लागि कर्पोरेट स्तरमा लैजान पाउँदा ओपो उत्सुक छ।

‘वानप्लस र ह्यासलबाल्डबीचको विगत वर्षका सफल सहकार्य पछ्याउँदै पार्टनरशिप विकासको नयाँ श्रेणीमा प्रवेश गर्दै विश्वभरका अझ बढी प्रयोगकर्तालाई प्रख्यात ह्यासलबाल्ड मोबाइल इमेजिङ अनुभव गर्ने अवसर प्रदान गर्न पाउँदा हामी निकै हर्षित छौँ’, चिफ प्रडक्ट अफिसर पिट लाउले भने, ‘क्यामेरा कलर परफरमेन्स सधैँ नै ओपोका लागि प्राथमिकताको विषय रहँदै आएको छ। त्यसैगरी यो ह्यासलबाल्डको डिएनएको अभिन्न अंगसमेत हो। मोबाइलका लागि ह्यासलबाल्ड क्यामेराको भविष्य संयुक्त रुपमा अन्वेषण गर्न पाउँदा हामी निकै उत्साहित छौँ।’

नयाँ पुस्ताका प्रिमियम स्मार्टफोन अनुभवका लागि वल्र्ड–क्लास मोबाइल फोटोग्राफी अनुभव प्रदान गर्न उत्कृष्ट श्रेणीको इमेजिङ प्रणाली निर्माण गर्नु ओपोका लागि प्रमुख रणनीति हो। ओपोको पहिलो स्व–विकसित इमेजिङ एनपीयू मारिसिलिकन एक्सको सार्वजनिक पछ्याउँदै ह्यासलबाल्डसँगको सहकार्यमार्फत वर्ल्ड–क्लास फोटोग्राफी अनुभव पस्कन ओपो अझ प्रतिबद्ध रहेको छ।

प्रयोगकर्तालाई अझ प्राकृतिक रंग र थप सुदृढ इमेजिङ अनुभव प्रदान गर्न ओपो र ह्यासलबाल्डले अब आरएण्डडी सहयोगमार्फत अत्याधुनिक इमेजिङ समाधान पस्कन सहकार्य गर्नेछ। ह्यासलबाल्डसँगको सहकार्यमार्फत प्राकृतिक रंग क्यालिब्रेसनको लाभ उठाउँदै ओपोले पोट्रेट फोटोग्राफीका लागि सम्भव भएसम्म सर्वाधिक प्राकृतिक स्किन टोन उपलब्ध गराउने योजना रहेको छ।

यो तीन वर्षीय पार्टनरशिपले प्राकृतिक कलर ट्युनिङका लागि सफ्टवेयरमा सुधारदेखि लिएर कलर क्यालिब्रेसनमा बढोत्तरीका साथै स्मार्टफोन क्यामेरा परफरमेन्सका लागि नयाँ बेन्चमार्क स्थापना गर्ने लक्ष्यसमेत बोकेको छ। यसमार्फत ओपो मोबाइल फोनमार्फत समग्र सिनेरियो र क्यामेरा प्रणालीमार्फत समान प्राकृतिक कलर परफरमेन्स उपलब्ध गराउने कम्पनीको उद्देश्य रहेको छ।

‘ओपो, ह्यासलबाल्ड क्यामेरा फर मोबाइल’ यस सहकार्यको नतिजा पहिलो पटक ओपोको नयाँ पुस्ताको फ्ल्यागशिप फाइन्ड एक्स सिरिजमार्फत सन् २०२२ को पहिलो त्रैमासमा सार्वजनिक हुने जानकारी दिइएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष