प्रदेश १ सरकारले सञ्चार विधेयक ल्याउने

प्रदेश १ सरकारले सञ्चार विधेयक ल्याउने
+
-

मोरङ – सूचनाको हक संरक्षण र सम्बर्धन गर्न सरकारले सञ्चार विधेयक ल्याउन लागेको आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले बताएका छन्।

विराटनगरस्थित मन्त्रालयमा बुधबार बुद्धिजीवी तथा पत्रकारसँगको छलफलमा मन्त्री कार्कीले सञ्चार विधयेकले प्रदेशमा रहेका सञ्चारमाध्यम र सञ्चारकर्मीलाई व्यवस्थित र परिपक्व बनाउने विश्वास व्यक्त गरे।

फागुन १५ मा प्रदेशसभा बैठक डाकिएको बताएका मन्त्री कार्कीले नियमित हिउँदे अधिवेशनसँगै सरकार आवश्यक कानुन निर्माण प्रक्रियामा अघि बढ्ने प्रस्ट्याए। मन्त्री कार्कीले अधिवेशनमा प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विधेयक, २०७८ ल्याउन लागिएको जानकारी दिए।

सोही क्रममा मन्त्रालयका कानुन उपसचिव गणेश नायकले बाग्मती प्रदेश सरकारको सञ्चार विधेयकको आधारमा प्रदेश १ सरकारले तयारी गरेको जानकारी दिए।

छलफलमा सहभागी सञ्चारकर्मी तथा सञ्चार संस्थाका प्रतिनिधिले सरकारले प्रेस स्वतन्त्रतालाई अंकुस नलगाउने गरी विधेयक ल्याउनुपर्ने बताएका थिए।

त्यसैगरी, विधेयकमा ग्रामीण पत्रकारिता, लोक कल्याणकारी विज्ञापन, प्रेस प्रतिनिधि कार्ड, सञ्चारकर्मीलाई लेखनवृत्ति तथा प्रोत्साहन, महिला पत्रकार सशक्तीकरण, आदिवासी जनजातिलगायत सवालमा सरकारले जोड दिनुपर्ने उनीहरूले बताएका थिए।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष