अपत्यारिलो स्वभावका जयनन्द लामाको अस्वाभाविक निधन

अपत्यारिलो स्वभावका जयनन्द लामाको अस्वाभाविक निधन
+
-

काठमाडौँ– नेपालका पुराना लोकगायक तथा हास्यकलाकार जयनन्द लामाको ६६ वर्षको उमेरमा बुधबार निधन भयो। उनी आफ्नै निवासअगाडि मृत भेटिए। प्रहरीको प्रारम्भिक अनुमानका अनुसार उनी आफ्नै गाडीबाट ओर्लने क्रममा लडेर मृत्यु भएको हो। घटनाबारे थप अनुसन्धान हुँदै छ।

उनको मृत्युले धेरैलाई झट्का लाग्यो। उनको निधनको खबर पाएपछि हास्यकलाकार शिवहरि पौडेलले फेसबुकमा लेखेका छन्, ‘स्तब्ध छु, मेरो प्यारो दाजु, सधैँ सम्झिरहनेछु हजुरलाई । योभन्दा बढी केही लेख्न सकिनँ !’

उनी मात्र हैन, नेपालका धेरै कलाकार र चलचित्र क्षेत्रसँग सम्बन्धित व्यक्तिले उनको निधनको खबर पत्याउनै नसकिने बताएका छन्। करिश्मा मानन्धर, दीपकराज गिरी, दीपाश्री निरौला, निर्माता निर्देशक सन्तोष सेन, वर्षा राउत, वर्षा शिवाकोटीलगायत धेरै कलाकारले शोक व्यक्त गरेका छन्।

कलाकारका अनुसार जयनन्दको मृत्युले स्तब्ध पार्नु, एक कलाकारको निधन मात्र थिएन लामाको व्यक्तिगत व्यवहार र मिजासिलो स्वभाव थियो उनको। चर्चित कलाकार, निर्माता तथा निर्देशक दीपकराज गिरीले जयनन्दसँगको संगतलाई अविष्मरणीय हुने बताए।

‘उहाँ असाध्यै रसिलो स्वभावको हुनुहुन्थ्यो’, जयनन्दको मृत्युको खबरले स्तब्ध भएका दीपकराज गिरीले देशसञ्चारसँग भने, ‘सधँै हाँसखेल गर्ने, ठट्टा गर्ने जयनन्द लामा दाइले सबैलाई चकित पारेर गए।’

जयनन्द रेडियोको कारण पहिलेनै सेलिब्रेटी भइसकेका थिए। चर्चित लोकगीतका कारण उनी धेरैको मनमा बसिसकेका थिए। उनको स्वभाव असाध्यै सरल र मिजासपूर्ण भएको उनीसँग संगत गर्नेहरू बताउँछन्।

उनको अपत्यारिलो स्वभावले कायल भएका हास्यकलाकार पौडेलले उनको मृत्युको खबरबारे देशसञ्चारसँग भने, ‘मेरो मामाले मलाई खबर गर्दा मैले विश्वास नै गर्न सकिनँ।’

पौडेलले निर्माण गरेको चलचित्र लक्का जवानमा लामाले मुख्य पात्रको भूमिका अपनाएका छन्। चलचित्र कोभिड– १९ का कारण प्रदर्शन स्थगन भई हलमा लाग्न पाएको छैन। पछिल्लो वर्ष सँगै काम गरेका शिवहरि र जयनन्द पहिला भने करियरको फरक अवस्थामा थिए। जयनन्दलाई शिवहरिले दाइ भनेर सम्बोधन गरी साथै काम गर्न केही वर्ष लाग्यो।

‘जयनन्द लामा दाइको म पहिलादेखि नै ठूलो फ्यान। कृष्ण मल्ल, श्याम दाइ, लय संग्रौला, श्याम लामा दाइको टिममा उहाँ धेरै समय काम गर्दै हिँड्नुभएको हो। मलाई ‘कलकते काइँयो, केस मेरो बांगो’ असाध्यै मन पथ्र्यो। ०४१ सालतिर रेडियो नेपाल जाँदा हामीलाई गायक उहाँ नै हो भनेर चिनाउँथे’, शिवहरि सम्झन्छन्, ‘त्यतिबेला उहाँलाई छुन मात्रै पाए पनि कस्तो हुन्थ्योजस्तो लाग्थ्यो। उहाँको कपडालाई मात्र छुन पनि हामी उहाँको नजिक–नजिक जान्थ्यौँ।’

शिवहरि र उनका साथीको जयनन्दको नजिक पर्ने रहरलाई याद गरेपछि एक दिन जयनन्द आफैँले उनीहरूलाई सजिलो पारिदिए। ‘उहाँ असाध्यै खुला हृदयको मान्छे हुनुहुँदो रहेछ। कसैले उहाँलाई हेरिरह्यो भने, ‘के छ भाइ भनेर आफैँ बोलाइदिनुहुने रहेछ। त्यसो गर्दा गर्दै हामी राम्ररी बोल्ने भयौँ’, शिवहरिले सम्झे, ‘पछि पाण्डव सुनुवार, राम थापा दाइहरूसँग बस्दाबस्दै उहाँसँग घनिष्टता भयो। पछि त छक्का पञ्जामा सँगै काम गरियो। टेलिफिल्ममा पनि सँगै काम गरियो।’

लामाले कहिल्यै आफू ठूलो र अरू साना हुन् भनेर विभेदपूर्ण व्यवहार नगरेको पौडेल बताउँछन्। सधैँ सम्मानपूर्वक हँसिमजाक गर्ने लामा सदावहार भएको पौडेलको अनुभव छ।

लामाको समाचारले उनलाई स्तब्ध बनाएको छ। उनले भने, ‘चलचित्र क्षेत्रको ठूलो रूख ढल्यो। उहाँलाई चलचित्र खेलाउन धेरै लालायित हुन्छन्। जसले फिल्म बनाउँदा पनि ‘यो एउटा रोल जयनन्द लामा दाइलाई’ भन्ने आइहाल्थ्यो।’ आममानिसले उनको शोकमा उनले गाएका चर्चित लोकगीतलाई सम्झेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?