
काठमाडौँ- अभिनेता पल शाहविरूद्ध एक १७ वर्षीया गायिकाले जबर्जस्ती करणीमा किटानी जाहेरी दिएकी छन्।
ती १७ वर्षीया गायिकाले तनहुँस्थित जिल्ला प्रहरी कार्यालयमा पुगेर अभिनेता पल शाहबिरुद्ध किटानी जाहेरी दिएकी हुन्।
नेपाल प्रहरीका प्रवक्ता एसपी बिष्णुकुमार केसीले तनहुँ प्रहरीमा अभिनेता शाहबिरुद्ध ती गायिकाले जबर्जस्ती करणीमा किटानी जाहेरी दिएको पुष्टि गरेका छन्।
उनले देशसञ्चारसँग भने- ‘अभिनेता शाहबिरुद्ध तनहुँ प्रहरीमा बुधबार जबर्जस्ती करणीमा किटानी जाहेरी परेको छ।’
ती १७ वर्षीया किशोरी गायिकालाई जबर्जस्ती प्रेमसम्बन्धमा पारेर करणी गरेको आरोप अभिनेता शाहमाथि लागेको छ।
एक महिनाअघि ती गायिका शाहबिरुद्ध उजुरी लिएर कास्की प्रहरी पुगे पनि कास्की प्रहरीले आफ्नो क्षेत्राधिकार नपर्ने भन्दै तनहुँ प्रहरीमा पठाएको थियो।
नेपालको कानुनअनुसार १८ वर्षभन्दा मुनिका बालबालिकासँग सहमतिमैशारिरिक सम्बन्ध राखिए पनि त्यो बलात्कार मानिन्छ। सामाजिक सञ्जालहरुमा छ्याप्छ्याप्ती भएको पल शाह र ती गायिकाबीचको अडियोमा अभिनेता स्वयम्ले शारिरिक सम्बन्ध राखेको स्वीकार गरेका छन्।