पल शाह दोषी ठहरिए कस्तो सजाय हुन्छ?

पल शाह दोषी ठहरिए कस्तो सजाय हुन्छ?
+
-

काठमाडौँ– अभिनेता पल शाहविरुद्ध तनहुँ प्रहरीमा जबर्जस्ती करणीको जाहेरी दर्ता भएको छ। १७ वर्षीया एक गायिकाले बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा शाहविरुद्ध जाहेरी दिएकी छन्।

शाह र ती गायिकाबीचको सम्बन्धको विषयले यतिबेला सामाजिक सञ्जाल तातेको छ। सोही अवस्थामा गायिकाले जाहेरी दर्ता गराएकी हुन्।

नेपालको कानुन अनुसार १८ वर्षभन्दा कम उमेरको कसैसँग सहमतिमै शारीरिक सम्बन्ध राखे पनि बलात्कार ठहरिने व्यवस्था छ। सोही कानुनका आधारमा पीडितले जाहेरी दिएकी हुन्।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १८ अनुसार कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरे वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै किशोरीलाई करणी गरे निजले त्यस्तो महिला वा किशोरीलाई जबर्जस्ती करणी गरेको मानिने कानुनी व्यवस्था छ।

होस ठेगानमा नरहेको अवस्थामा लिएको मञ्जुरीलाई ‘मञ्जुरी’ नमानिनेसमेत कानुनमा उल्लेख छ। तर, शाहले भने गायिकासँगको शारीरिक सम्बन्धलाई सहमतिमै भएको स्विकारिसकेका छन्।

जबर्जस्ती करणी गर्ने व्यक्तिलाई त्यसरी करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरी कारबाही गर्ने कानुनी प्रक्रिया छ।

सोह्र वर्ष वा सोह्र वर्षभन्दा बढी अठार वर्षभन्दा कम उमेरकी किशोरी भए १० देखि १२ वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ।

जाहेरी दर्ता गर्ने किशोरी १७ वर्षकी भएकी हुँदा सोही कानुन आकर्षित हुने देखिन्छ। शाह र ती गायिकाबीच भएको गोप्य कुराकानी भिडियो सामाजिक सञ्जालमा भाइरल भएसँगै पल शाहले यसअघि नै उनीसँग सहमतिमा शारीरिक सम्बन्ध भएको स्विकारेका छन्।

पीडित किशोरीले भने बुधबार तनहुँ प्रहरी पुगेर किटानी जाहेरी दर्ता गराएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता विष्णुकुमार केसीले जानकारी दिए।

उनले भने, ‘पल शाहविरुद्ध जाहेरी परेको भन्ने सुन्नमा आएपछि बुझ्दा पीडित महिलाले बुधबार तनहुँ प्रहरीमा जाहेरी दर्ता गराएको भन्ने बुझियो।’

पीडित महिला एक महिनाअघि आफूमाथि पल शाहले यौन दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कास्की पुगेकी थिइन्। तर, कास्की प्रहरीले आफ्नो क्षेत्राधिकारभित्र नरहेको भन्दै तनहुँ प्रहरी कार्यालयमा जान सुझाव दिएको थियो। तनहुँ प्रहरी जानुभन्दा पहिले नै पलले पीडित किशोरीलाई फकाइफुल्याई जाहेरी दर्ता नगर्न अनुरोध गरेका थिए।

यो पनि पढ्नुहोस्

अभिनेता पल शाहबिरुद्ध जबर्जस्ती करणीमा किटानी जाहेरी

अभिनेता पल शाहबिरुद्ध जबर्जस्ती करणीमा किटानी जाहेरी

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?