सानी सुनमायाको ठूलो फड्को (भिडियो)

सानी सुनमायाको ठूलो फड्को (भिडियो)
+
-

काठमाडौँ – अल्ट्रा म्याराधन र ट्रेल धाविका सुनमाया बुढालाई जीवनसँग गुनासो छैन । मेहनतले पाएका सफलता र साथमा उनी खुशी छन् र अझै धेरै गर्ने चाहना छ भन्छिन् उनी ।

केही महिनाअघि थाइल्याण्डमा भएको थाइल्याण्ड बाई युटिएमबी अल्ट्रा ट्रेल दौडमा महिला तर्फ पहिलो बनेर एसिया च्याम्पियन भएकी सुनमाया अहिले विश्वस्तरीय प्रतिस्पर्धाको तयारीमा छिन् ।

विश्वस्तरमा नेपालको नाम उचो बनाउने लक्ष्य रहेको बताउने सुनमायाले जुम्ला–रारा म्याराथनका लागि पनि प्रयास गरिरहेकी छन् । आउँदो चैत २६ गते कर्णाली स्पोर्टस क्लबको आयोजनामा जुम्ला–रारा म्याराथन हुँदैछ ।

जुम्लामा हुर्केकी सुनमाया प्रशिक्षक हरिबहादुर रोकायाको प्रशिक्षणमा राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी गर्दै आएकी छन् । उनी कर्णाली स्पोर्टस क्लब र प्रशिक्षक रोकायाको छत्रछाया आफ्नालागि जीवनको ठूलो खुशी र बरदान रहेको बताउँछिन् ।

उनै कीर्तिमानी र अरु कीर्तिमान बनाउने सपनाधारी धाविका सुनमाया बुढासँग हामीले कुराकानी गरेको छौँ । प्रस्तुत छ धाविका सुनमाया बुढासँग गरिएको भिडियो कुराकानीः

 

यो पनि पढ्नुहोस्

चमत्कारी हरिबहादुर रोकाया: जो आफ्नै खर्चमा जन्माउँछन् धावकहरु

चमत्कारी हरिबहादुर रोकाया: जो आफ्नै खर्चमा जन्माउँछन् धावकहरु

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?