अडियो सार्वजनिक गर्दै नायक पलले भने – मलाई सुनियाेजित ढंगले फसाउन खाेजियाे

अडियो सार्वजनिक गर्दै नायक पलले भने – मलाई सुनियाेजित ढंगले फसाउन खाेजियाे
+
-

काठमाडौँ – नायक पल शाहले आफूलाई जालसाजी गरेर फसाइएको बताएका छन्। नाबालिक गायिकामाथि जबरजस्ती करणी गरेको भन्दै उजुरी परेपछि नायक शाहले आफ्नो फेसबुकमार्फत आफूलाई नियोजित ढङ्गले षड्यन्त्र गरी फसाउन खाेजेकाे बताएका हुन्।

उनले फेसबुकमा आफूमाथि षड्यन्त्र भएको भनी आफ्नै साथी, म्यानेजर, भिडियो निर्माता तथा गायकको नाम उल्लेख गरी अडियोसमेत सार्वजनिक गरेका छन्।

उनले लेखेका छन्, ‘ केही दिनअगाडि प्रसारित अडियो क्लिपमा गायिका समीक्षा अधिकारीद्वारा ममाथि सुन्न नसकिने खालको कुराहरु गर्नुभयो र जुन आरोप ममाथि लगाइएको छ, ती सबै नियोजित र षड्यन्त्रपूर्ण ढङ्गले ममाथि प्रहार गरिएको छ।’

उनले उक्त सार्वजनिक क्लिपमा भनिए जस्तो सुतिरहेको अवस्थामा जबरजस्ती गरेको, २ वर्ष अगाडिदेखि सम्बन्धमा रहे पनि १ वर्षपछि गर्लफ्रेन्ड छ भनेको र उनलाई मार्न खोजिएको आरोप गलत रहेको स्पष्टीकरण दिएका छन्।

पलले ५ वटा अडियो सार्वजनिक गरेर दर्शक र मिडियाकर्मीलाई यो कुरा ठीक र बेठीक भएको छुट्याउन आग्रह गरेका छन्। उनले आफू गलत भए नेपालको कानुनबमोजिम सजाय भोग्न तयार रहेको उल्लेख गरेका छन्।

गायिका समीक्षा अधिकारीलाई प्रयोग गरेर षड्यन्त्र गर्ने व्यक्तिहरु भन्दै पलले साथी दुर्गेश थापा, ठूल्दाइ सरोज ओली, भाइ कृष्ण जोशी र सम्राट चौलागाईको नाम उल्लेख गरेका छन्।

यो पनि पढ्नुहोस्

पल शाह दोषी ठहरिए कस्तो सजाय हुन्छ?

पल शाह दोषी ठहरिए कस्तो सजाय हुन्छ?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?