राजस्व र सरकारी खर्चबीच तालमेल नमिल्दा अर्थतन्त्रमा संकट – वरिष्ठ उपाध्यक्ष ढकाल

राजस्व र सरकारी खर्चबीच तालमेल नमिल्दा अर्थतन्त्रमा संकट – वरिष्ठ उपाध्यक्ष ढकाल
+
-

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राजस्व संकलन र सरकारी खर्चबीच तालमेल हुन नसक्दा अर्थतन्त्र संकटमा परेको बताएका छन्।

पर्वत उद्योग वाणिज्य संघको साधारणसभालाई सम्बोधन गर्दै उनले सरकारले राजस्व नियमित रूपमा उठाउने तर खर्च भने समयमै गर्न नसक्दा अर्थतन्त्रमा बर्सेनि एउटै समस्या देखिएको र त्यसबाट निजी क्षेत्र प्रत्यक्ष रूपमा मर्कामा परेको बताएका हुन्।

‘राजस्व संकलन शत प्रतिशत हुने तर खर्च नहुने हुँदा तरलता समस्यासमेत सृजना भएको छ’, वरिष्ठ उपाध्यक्ष ढकालले भने, ‘यसका निम्ति खर्च गर्नैपर्ने बाध्यात्मक परिस्थिति निर्माण गरिनुपर्छ।’

तरलता संकट समाधान गर्न सरकारको खर्च प्रणालीमा सुधार हुनुपर्नेमा उनले जोड दिए। संघीय सरकारसहित प्रदेश र स्थानीय सरकारको खर्च गर्ने परिमाण न्यून भएको तर राजस्व संकलन ९० प्रशितभन्दा बढी हुने कारणले तरलता संकट हुने गरेको उनको भनाइ छ।

‘यसका निम्ति खर्च गर्नैपर्ने प्रणालीको विकास गर्दै राजनीतिक र प्रशासनिक नेतृत्वलाई जिम्मेवार बनाइनुपर्छ’, ढकालले भने, ‘सरकार फेरिएसँगै बजेट र कार्यक्रम संशोधन हुने नीतिगत अस्थिरता पनि समस्याका रुपमा रहेको छ।’

आईएमई समूहका अध्यक्षसमेत रहेका ढकालले पर्वत जिल्लाभित्र र समग्र गण्डकी प्रदेशमा निजी क्षेत्रको लगानीमा स्थानीयस्तरमा बन्ने आयोजनामा आफ्नो तथा समूहको साझेदारी रहने वचन दिए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष