
विष्णु तिवारी
फाल्गुन १४, २०७८

अ
+
अ
अ
-
धर्ना बसी सडकमा झण्डा पायो कस्ले
हुन्न भनि कराउँदा डण्डा पायो कस्ले।।
गर्मी अझै चढ्या छैन जाडो बाँकी छँदै
दमकलको पानीबाट ठण्डा पायो कस्ले।।
आफ्नो अक्कल पुच्छरमा अर्काको भर
तन्त्र मन्त्र सिकाउने पण्डा पायो कस्ले।।
टाउको पनि चपायो पुच्छर पनि क्वाप्प
हण्डा नभरि भान्छेले बन्डा पायो कस्ले।।
थाकिसके घरका चल्ला क्वारक्वार गरेर
पर देशका कुखुराको अन्डा पायो कस्ले।।

