हिमाली क्षेत्रमा गौतम धिमालका फेसन फोटो सुट, मण्डिखाटारमा एकल प्रदर्शनी

हिमाली क्षेत्रमा गौतम धिमालका फेसन फोटो सुट, मण्डिखाटारमा एकल प्रदर्शनी
+
-

काठमाडौँ – फेसन फोटोग्राफर गौतम धिमालले नेपालका हिमाली क्षेत्रमा गएर खिचेका फेसन तस्बिरहरुको प्रदर्शनी काठमाडौँमा जारी छ।

नेपाली भौगोलिक सुन्दरता चलचित्र छायाँकनका लागि मात्रै नभएर बहुराष्ट्रिय फेसन ब्राण्डहरुको व्यवसायिक फोटो सुटका लागि पनि उपयुक्त छ भन्ने देखाउनका लागि ‘हिमालयन फेसन एड्भेन्चर’ नाम दिएर प्रदर्शनी गरिएको आयोजकले जनाएको छ।

फोटोग्राफर धिमालले सन् २०१९ मा तल्लो तथा उपल्लो मुस्ताङ तथा मनाङको तिलिचो क्षेत्रमा गएर खिचेका फेसन फोटोहरु मण्डिखाटारस्थित लोकेसन नेपालको परिसरमा प्रदर्शनमा राखिएको छ।

फागुन ६ देखि सुरु भएको फोटोग्राफर धिमालको एकल प्रदर्शनी आज शनिबार सकिँदै छ। तर यो प्रदर्शनी विदेशमा पनि गर्ने तयारीमा रहेको धिमालले जानकारी दिएका छन्।

गाैतम धिमाल

आफ्नो रुचि र लगाव वन्यजन्तु फोटोग्राफीमा भएको बताउने धिमाल पछिल्लो एक दशकभन्दा लामो समयदेखि फेसन फोटोग्राफी तथा नेपालका विभिन्न स्थानमा विदेशी चलचित्रको छायाँकनको व्यवस्था मिलाउने कार्यमा व्यस्त रहँदै आएका छन्।

‘नेपालको भौगोलिक सुन्दरता र अवस्थिति चलचित्रका लागि मात्रै नभएर विश्वमा ठूलो हिस्सा ओगटेको फेसन उद्योगका लागि पनि उपयुक्त छ भन्ने देखाउनका लागि यो अभियान थालिएको हो’, फोटोग्राफर धिमालले भने, ‘फेसनको दुनियाका प्रमुख ब्राण्डहरुले पनि फोटोसुटको लोकेसनका रुपमा नेपालका विभिन्न स्थानलाई प्रयोग गरुन् भन्ने उद्देश्य छ।’

आफूले फोटो खिच्ने क्रममा नेपालको वातावरणीय पक्ष र त्यसको सुन्दरतालाई जस्ताको त्यस्तै देखाउने प्रयास गरेको उनले बताए। ‘प्रकृतिको रक्षा हाम्रो प्रमुख प्राथमिकता बन्नुपर्छ’, धिमालले भने, ‘सँगै हामीले हाम्रो प्राकृतिक सुन्दरतालाई विश्वसामु विभिन्न प्रयोजनका लागि उत्कृष्ट छ भन्ने पनि देखाउनु पर्नेछ।’

प्रदर्शनीमा राखिएका तस्बिरमा मोडलहरु आस्था पोखरेल, सविता कार्की, सिम्रन शाक्य र श्वेता कालाखेतीले फेसन डिजाइनर तेजमाया पुनले बनाएका पहिरन लगाएका छन्। पहिरन डिजाइन गर्दा आफूले स्थानीय कला–संस्कृतिको प्रतिनिधित्व होस् भनेर ध्यान दिएको डिजाइनर पुनले बताइन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?