सरकारले जनताको मन छुने काम गरेको छः मुख्यमन्त्री पोखरेल

सरकारले जनताको मन छुने काम गरेको छः मुख्यमन्त्री पोखरेल
+
-

दमौली – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सरकारले छोटो अवधिमै जनताको मन छुने कामको गरेको बताएका छन्।

तनहुँको व्यास नगरपालिका–१० दुम्सीचौरस्थित भानु माध्यमिक विद्यालयको शनिबार आयोजित स्वर्ण महोत्सव उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले आफू नेतृत्वको सरकार गठन भएको आठ महिनामा जनताको मन छुने काम गरेको दाबी गरे।

सरकारले फागुन १ गतेदेखि प्रदेशभर रगत निःशुल्क उपलब्ध गराउने निर्णय गरेको र उक्त निर्णयले जनतालाई राहत हुने उनले उल्लेख गरे।

‘सरकार गठन भएको धेरै समय नभए पनि केही काम सुरु गरेका छौँ, जसले जनतालाई राहत पुग्ने विश्वास लिएका छौँ,’ उनले भने, ‘अब प्रदेशका जनताले रगत निःशुल्क पाउँछन्, त्यसको शुल्क सरकारले व्यहोर्छ।’

प्रदेशअन्तर्गतका ११ वटै जिल्लामा सडकमा बेवारिसे अवस्थामा जनता भौतारिन नपरोस् भन्नका लागि मानव सेवा आश्रमसँग सम्झौता गरी त्यस्ता व्यक्तिको व्यवस्थापन गरिएको मुख्यमन्त्री पोखरेलले बताए।

सरकारले पोखरामा दुई र लमजुङमा एउटा मानव आश्रमसँग सम्झौता गरी प्रतिव्यक्ति तीन हजार दिने गरी सडकमा बेवारिसे अवस्थामा रहने व्यक्तिको व्यवस्थापनका लागि बजेट विनियोजन गरेको उनले जानकारी दिए।

कोभिडबाट मृत्यु भएकाका परिवारलाई ५० हजार राहत दिने र अभिभावक गुमाएका बालबालिकालाई १८ वर्ष उमेर नपुगेसम्म मासिक रु पाँच हजार राहत दिने काम सुरु भएको मुख्यमन्त्री पोखरेलले बताए।

मुख्यमन्त्री पोखरेलले प्रदेशभित्रका अस्पतालमा निःशुल्क रूपमा डायलासिस गर्ने क्षमता वृद्धि गर्ने सरकारको सोच रहेको बताए।
प्रदेशभित्र हाल ५५० जना डायलासिस गर्नुपर्ने बिरामी रहे पनि १७५ ले मात्रै निःशुल्क सेवा पाइरहेकाले सुविधा विस्तार गर्नुपर्ने अवस्था रहेको उनको भनाइ थियो।

अहिलेको शिक्षा व्यावहारिक नभएकामा सबैको चासो रहेको बताउँदै मुख्यमन्त्री पोखरेलले व्यावहारिक शिक्षाको आवश्यकतामाथि जोड दिए।
सरकारले शिक्षा नीति ल्याएको र सोही नीतिमा रहेको ऐन बनाउनुपर्ने अवस्था रहेको उनको भनाइ थियो। कार्यक्रममा प्रदेश सांसद सरिता गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेलगायतले शिक्षाको सुधारमा जोड दिए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष