
सिमकोट – यस पटकको माध्यमिक शिक्षा परीक्षा ( एसईई) मा हुम्ला जिल्लाबाट ११ सयभन्दा बढी परीक्षार्थीले सहभागिता जनाउने भएका छन्।
जिल्लाका २८ वटा विद्यालयबाट ती विद्यार्थीले एसईईमा सहभागिता जनाउन थालेका हुन्।
शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख तिलक भट्टराईका अनुसार वैशाख ९ गतेबाट सुरु हुने एसईईमा हुम्ला जिल्लाबाट एक हजार १४६ जनाले सहभागिता जनाउनेछन्।
जसमा ५४९ छात्रा र ५९८ जना छात्र छन्। पहिलो पटक हुम्ला जिल्लाबाट छात्राभन्दा छात्रको संख्या बढी देखिएको छ। यसअघिका परीक्षामा छात्राको संख्या सधँै बढी हुने गथ्र्यो। यो संख्या जिल्लाका कुल २८ वटा माविबाट नियमित र खुलातर्फका गरी हो।
यसमा खुलातर्फ ४४ जना परीक्षार्थी छन्। ६ वटा परीक्षा केन्द्र निर्धारण गरिएका छन्। जसमा सिमकोट गाउँपालिकाबाट मानसरोवर मावि र बालमन्दिर मावि, सर्केगार्ड गाउँपालिकाबाट हिमज्योति मावि सर्केगार्ड र कोट मावि रोडिकोट, अदानचुली गाउँपालिकाबाट सूर्योदय मावि श्रीनगर र र ताँजाकोट गाउँपालिकाबाट मदानादेव मावि छन्। यता चंखेली, खार्पुनाथ र नाम्खा गाउँपालिकामा भने केन्द्र छैन।