पाटन–जावलाखेल–पुल्चोक क्षेत्रमा धूमपान गरे जरिवाना

पाटन–जावलाखेल–पुल्चोक क्षेत्रमा धूमपान गरे जरिवाना
+
-

ललितपुर – ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्र, जावलाखेल र पुल्चोक परिसरलाई धूमपान निषेधित क्षेत्र घोषणा गरेको छ।

शुक्रबार महानगरपालिकाले पाटन दरबार स्क्वायरमा एक कार्यक्रम आयोजना गरी यी तीन क्षेत्रलाई धूमपान निषेधित क्षेत्र घोषणा गरेको हो।

कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले यो कार्यक्रम दुई वर्षअघि नै शुभारम्भ गर्ने योजना रहे पनि कोरोनाको कारण सफल हुन नसकेको बताए।

उनले आजबाट लागू हुनेगरी सुरु भएको धूमपान निषेधित क्षेत्रमा सुरुवाती ७ दिन धूमपान नगर्न आग्रह गर्ने र त्यसपछि जरिवाना तिराउने बताए। जरिवानाबाट उठेको रकम क्यान्सर पीडितलाई सहयोग गर्ने प्रतिबद्धता पनि उनले जनाए।

‘यो आउटस्ट्याण्डिङ कार्यक्रम हो। नेपाल सरकारले घोषणा गर्छ तर कार्यान्वयन गर्दैन। तसर्थ आज हामीले यो कार्यक्रम शुभारम्भ गरेका छाैं’, मेयर महर्जनले भने, ‘दुई वर्षअघि नै लञ्च गर्ने कार्यक्रम थियो तर कोरोना भाइरसका कारण सफल हुन सकेनौँ। स्मोकिङ किल्स भन्ने जुन भनाइ छ यो शतप्रतिशत करेक्ट छ। अहिले हामीले जावलाखेल, पुल्चोक र पाटन दरबार स्क्वायर क्षेत्रमा यो कार्यक्रम लागू गर्न गइरहेका छौँ। हामी यसलाई सफल पारेरै छोड्छौँ।’

उनले सरकारले विभिन्न कानुन तर्जुमा गरे पनि कार्यान्वयन नगरेको दावी गर्दै महानगरपालिकाले भने लापरबाही नगरी कार्यक्रम सफल बनाउने प्रतिबद्धता व्यक्त गरे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?