
काठमाडौँ – मल्लकालीन सभ्यताको प्रतीक मानिने ढुंगेधारा र काठमाडौँ उपत्यका पर्याय मानिन्थ्यो। केही वर्ष अघिसम्म पानी बगिरहेका ढुंगेधारा परिसर अहिले कतै गगनचुम्बी भवन बनिसके त कतै डम्पिङसाइटमा परिणत भएको छ।
काठमाडौँ क्षेत्रका एक दुई स्थानबाहेक धेरै ढुंगेधारा हराइसकेका छन्। भक्तपुरमा संरक्षणको अभियान थालिएको छ। यता पाटनमा रहेका ढुंगेधारा संरक्षणको अभावमा फोहर फाल्ने डम्पिङसाइट बनेका छन्।
ललितपुरको दक्षिण टीकाभैरवबाट ल्याइएको राजकुलो चक्रपथ निर्माणको क्रममा बन्द भएपछि स्थानीय पोखरीहरु सुक्दै गए। जसले यी ढुंगेधारा पनि सुके र अहिले मृत बन्दैछन्। बढ्दो सहरीकरणले घरहरु बन्दै जाँदा पानी बग्ने र जमिनमुनि जाने प्राकृतिक बाटो बन्द हुँदा ढुंगेधारा सुकेको स्थानीय बताउँछन्। वर्षा याममा मात्रै पानी झर्ने यी ढुंगेधाराहरु पानी निकास नहुँदा झन् कुरुप बन्दै गएका छन्।
काठमाडौँ उपत्यकाका ढुंगेधाराहरुको अवस्थाबारे न्युज एजेन्सी नेपालका फोटो पत्रकारहरुले आफ्नो क्यामेरामा कैद गरेका पाटन क्षेत्रमा केही ढुंगेधाराहरु –