
काठमाडौँ – अघिल्लो सिजनको नेपाल सुपर लिगको विजेता काठमाडौँ रेजर्सले मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन र कप्तानमा विकेश कुथुलाई निरन्तरता दिएको छ।
काठमाडौँ रेजर्सले शुक्रबार पत्रकार सम्मेलन गरी यस वर्ष मुख्य प्रशिक्षकमा महर्जन र कप्तानमा कुथुलाई निरन्तरता दिइएको जानकारी दिएको हो।
रेजर्सका निर्देशक विज्ञानराज शर्माले नेपाल सुपर लिगको दोस्रो सिजनको लागि तयारीमा जुटेकोसमेत जानकारी दिए।
काठमाडौँ रेजर्स एमएडब्ल्युको स्वामित्वमा रहेको फुटबल क्लव हो। ‘यस वर्ष पनि उत्कृष्ट प्रदर्शन गर्दै ट्रफी हामीले नै राख्ने गरी कार्य आरम्भ गरिसकेका छौं’, निर्देशक शर्माले भने, ‘एनएसएलमा हाम्रो सहभागिताले नेपाली फुटबलको दीर्घकालीन विकासका लागि ठूलो सहयोग पुग्ने विश्वास लिएका छौं।’
उनले काठमाडौँ रेजर्सलाई निरन्तर सहयोग प्राप्त भइरहा अपेक्षा व्यक्त गरे।