पोखराबाट पाँच प्रदेशका ७ ठूला सहरसम्म हवाई सञ्जाल विस्तार

पोखराबाट पाँच प्रदेशका ७ ठूला सहरसम्म हवाई सञ्जाल विस्तार
+
-

काठमाडौँ – पोखरा विमानस्थलबाट हुने हवाई सेवा देशका सातवटा ठूला सहरसम्म विस्तार भएको छ। निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले पोखरालाई सातवटा ठूला सहरमा हवाई सञ्जालमार्फत जोडेको हो।

बुद्धले सातौँ सहरको रुपमा शनिबार पोखरा–जनकपुर सीधा हवाई उडान सुरु गरेपछि मधेस प्रदेशसँगको पहुँच सहज भएको छ। बुद्धले साताको तीन दिन पोखरा–जनकपुर रुटमा उडान गर्ने बताएको छ।

बुद्धका पोखरास्थित स्टेशन म्यानेजर गौतम बरालले पोखरा–जनकपुर सातामा तीनदिन (शनिवार, सोमवार र बुधवार) उडान गर्ने जानकारी दिए। पहिलो चरणमा सातामा तीनदिन र यात्रु संख्या बढ्दै गएमा दैनिक उडान गर्ने बुद्धको योजना रहेको उनले बताए।

बुद्धले १८ सिट क्षमताको जहाजबाट उडान सुरु गरेको छ। ‘हामीले पोखराबाट जनकपुरमा फ्लाइट सुरु गर्‍यौं। निकट भविष्यमै विराटनगर र भद्रपुर सुरु गर्दैछौँ’, स्टेशन म्यानेजर बरालले भने, ‘अहिले प्यासेन्जर फ्लो धेरै राम्रो छ। अधिकांश प्यासेन्जर नेपाली नै छन्। विदेशीहरु आएको अवस्था छैन।’

कोभिड १९ पछि प्यासेन्जरको फ्लो कम हुन्छ कि भन्ने डर भए पनि राम्रो भएको उनको भनाइ छ। कोभिडभन्दा अगाडिको स्थितिमा आइसकेको उनले बताए।

‘बुद्धको पोखरा–काठमाडौं १२ वटा फ्लाइट हुन्छ। धनगढी, भैरहवा, जनकपुर, भरतपुर, सिमरा गरेर १७ वटा फ्लाइट गर्छौं’, उनले भने, ‘सबै एयरलाइन्सको गरेर २१ वटा फ्लाइट छ। १२ सय जना प्यासेन्जर हुन्छन्।’

बुद्धको पोखरा–जनकपुरको पहिलो उडानमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहितको टिम जनकपुर गएको थियो। पोखरा–जनकपुरको उडानमा प्रतियात्रुु सबैभन्दा बढी ९ हजार ३६० र सबैभन्दा कम ४ हजार एक सय रुपैयाँ भाडा तोकिएको छ।

पोखरा–जनकपुर ५० मिनेटको हवाई यात्रा हुने बरालले बताए। बुद्धले पोखराबाट काठमाडौँसहित ठूला सहरसम्म सीधा हवाई उडान सञ्जाल विस्तार गरेसँगै आन्तरिक पर्यटकको पोखरा आउजाउ बढ्ने विश्वास गरिएको छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’