
काठमाडौँ – ओपोले नेपालमा आफ्नो लोकप्रिय फोनको सिरिज ‘ए’ अन्तर्गत नयाँ स्मार्टफोन ओपो ए ७६ सार्वजनिक गर्ने घोषणा गरेको छ।
ओपो ए ७६ मा ओपोले आफ्नो स्वामित्वको ओपो ग्लो डिजाइन निर्माण प्रक्रियाको परम्परालाई निरन्तरता दिँदै स्टाइलिस तथा टिकाउ उत्पादन पस्कने जानकारी दिएको हो।
ओपो ए ७६ मा अभूतपूर्व दृश्य अनुभव पस्कने सोचका साथ ६.५६ इञ्चको पञ्च होल स्क्रिनलाई परिस्कृत गर्दै यसमा अझ प्रतिक्रियात्मक ९० हज रिफ्रेश रेट र १८० हज टच स्याम्प्लिङ रेट डिस्प्ले उपलब्ध गराइने बताइएको छ। प्रयोगकर्तालाई उत्पादनमूलक रहन तथा आवश्यक पर्दा मनोरञ्जन प्रदान गर्न सकियोस् भन्ने उद्देश्यका साथ यसमा ३३ वाट सुपरभोक चार्जिङ सुविधासहितको ५ हजार एमएएच क्षमताको ब्याट्री पनि उपलब्ध हुने ओपोले जनाएको छ।
‘स्टाइल र कार्य क्षमताको कुरा गर्दा ओपो ए ७६ मा कुनै सम्झौता गरिएको छैन। ट्रेण्डी डिजाइनसहितको यो फोनमार्फत सक्रिय अवस्थामा अमूल्य पलहरुलाई तस्विरमा कैद गर्ने कार्यमा सहजतार्थ उच्च कोटीका एआई सक्षम क्यामेराहरु पनि दिइएको छ’, ओपो नेपालका ब्राण्ड डिरेक्टर पियरसन शेनले भने, ‘यसमा प्रयोग गरिएको ३३ वाट सुपरभोक चार्जिङ सुविधासहितको ५ हजार एमएएच क्षमताको ब्याट्रीले प्रयोगकर्तालाई ब्याट्री सकिने चिन्ताविना आफ्नो दैनिकीको मज्जा लिन सघाउँछ।’